सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • आफ्नो क्षेत्रबाट चुनाव जित्न नसक्नेले पार्टी हाँक्न सक्दैनन्, बलियो उम्मेदवार मै हुँ : प्रकाशमान
समाचार

आफ्नो क्षेत्रबाट चुनाव जित्न नसक्नेले पार्टी हाँक्न सक्दैनन्, बलियो उम्मेदवार मै हुँ : प्रकाशमान

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा आफ्नो समूहबाट सबैभन्दा सशक्त उम्मेदवार आफू भएको दाबी गरेका छन्।

 

विज्ञापन

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट आकांक्षी देखिएका चार जनामध्ये आफू नै बलियो भएको दाबी गरेका हुन्।

विज्ञापन

 

पद पाउँदा काम नगर्ने र संसदीय निर्वाचन जित्न नसक्नेले पार्टी सञ्चालन गर्न नसक्ने नेता सिंहको भनाइ छ।

 

‘पद पाउँदा काम नगर्नेहरुलाई पद चाहिने रे। अनि डेमोक्रेसी क्राइसिस हुँदा अडान लिने, जेल जानेहरु अनफिट हुने,’ उनले प्रश्न गरे, ‘अनुभव केही नबटुलेका, आफ्नो क्षेत्रबाट चुनाव जित्न नसक्नेहरुले पार्टी हाँक्न सक्छन्?’

 

पौडेल समूहबाट सभापतिमा आकांक्षा राखेका नेताहरुमा वरिष्ठ नेता पौडेल, डा. शशांक कोइराला र डा. शेखर कोइराला हुन्। पौडेलले कार्यवाहक सभापति भएर पार्टी सञ्चालन गरिसकेका छन् भने अर्का आकांक्षी डा. शशांक कोइराला महामन्त्री हुन्। डा. शेखर कोइराला केन्द्रीय सदस्य छन्। उनी र पौडेल प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए।

 

पद पाउँदा काम नगर्ने भनेर महामन्त्री डा. शशांक कोइराला, निर्वाचन जित्न नसक्ने भनेर वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइरालालाई भन्नु खोज्नुभएको हो? भन्ने प्रश्नमा नेता सिंहले भने, ‘यो फ्याक्ट मैले भनिराखेको हो। को–को नेता त्यसमा पर्छन्। त्यो तपाईंले इन्टरपेट गर्ने कुरा हो।’

 

उनले कार्यकर्तापंक्तिले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबाट चल्न नसक्ने भनिसकेपछि जबरजस्ती सभापतिका रुपमा उम्मेदवार बनाइनु गलत हुने पनि जिकिर गरे।

 

‘१३ औं महाधिवेशनबाट आएको नेतृत्व र उहाँसँग प्रतिष्पर्धा गरेको रामचन्द्र पौडेलजीबाट अब पार्टी चल्दैन भनिसकेपछि वर्कस्हरुको चाहनाविपरित जवरजस्त नेतालाई इम्पोज गर्दैमा हुन्छ?,’ नेता सिंहले प्रश्न गरे।

 

उनले अब पौडेललाई नेता मानेर आसन्न महाधिवेशनमा सभापतिमा सघाउन नसकिने पनि प्रष्ट पारे।

‘अघिल्लो महाधिवेशनमा उहाँलाई हामीले समर्थन गरेकै हौं नि। समर्थनमात्रै होइन मैले त जिउज्यान लगाएर उहाँ (पौडेल) लाई जिताउने प्रयास गरेकै हुँ। विभिन्न फ्याक्टर्सले गर्दा उहाँ जित्न सक्नुभएन,’ सिंहले भने, ‘पार्टीलाई विधि र नियमअनुसार सञ्चालन गर्ने, आउने दिनहरुको चुनौती, राष्ट्रिय, प्रान्तीय, स्थानीय मुद्दाहरुलाई पहिचान गरेर सशक्त रुपमा समयमा यसको निदान गर्न सक्ने, संविधानको भावना र मर्मअनुसार विधि र नियममा राज्य सञ्चालन गर्नको लागि हिँडाउन सक्ने पार्टीको रुपमा कांग्रेसलाई म अगाडि लग्न चाहन्छु।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस