सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा सन्तान, सबैको अवस्था सामान्य
समाचार

पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा सन्तान, सबैको अवस्था सामान्य

भैरहवा।

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा सन्तान जन्माएकी छन् । पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो चम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् ।

विज्ञापन

 

विज्ञापन

कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार (आज) दिउँसो शल्यक्रिया गरिएको थियो । महिला तथा प्रसूती विशेषज्ञ डा. तारा केसीको टीमले उनको शल्यक्रिया गरेको थियो ।

 

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ । अस्पतालकाअनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् ।

 

सामान्यतः दुई–दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ । तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ । बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले बाहिर इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस