सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • वडा र पालिकामा आफ्ना मान्छे नपरेपछि ओलीसँग बादल फायर !
समाचार

वडा र पालिकामा आफ्ना मान्छे नपरेपछि ओलीसँग बादल फायर !

काठमाडौ । 

पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ ।

विज्ञापन

एमालेको वडा र पालिका अधिवेशनमा आफ्नो पक्षका नेता कार्यकर्ताहरू नेतृत्वमा नदेखिएपछि बादल ओलीसँग रुष्ट बनेका हुन् ।

विज्ञापन

बादलनिकट स्रोत भन्छ – ‘सर्वसम्मत गराउने नाममा अधिवेशन भएका सबै वडा र पालिकामा ओली पक्षकै नेता कार्यकर्ताहरूले नेतृत्व लिएका छन् । यसलाई नेकपाकै निरन्तरताका रूपमा बुझ्न सकिन्न । एकता भएको हो भने हाम्रो सम्मानजनक स्थान हुनुपर्छ ।’

वडा अधिवेशनको नतिजा आएपछि बादल ओलीलाई भेट्न बालकोट पुगेका थिए । सर्वसम्मत नेतृत्व चयन गर्ने नाउँमा ओलीका मान्छे मात्र नेतृत्वमा आएको भन्दै उनले असन्तुष्टि प्रकट गरेका थिए ।

एमालेले गत कात्तिक ६ गते एकैदिन ६ हजार भन्दा बढी वडामा अधिवेशन गरेको थियो । तीमध्ये मुश्किलले एकाध वडामा मात्र बादल पक्षका कार्यकर्ताले नेतृत्व गरेका छन् ।
बाँकी वडामा यही कात्तिक १५ गतेभित्र अधिवेशन गरिसक्ने एमालेले बताएको छ ।

त्यस्तै कात्तिक ९ गतेबाट एमालेको पालिका अधिवेशन शुरू भएको छ । पालिका अधिवेशनबाट आएका नेतृत्व पनि सबै ओली पक्षकै छन् । आफूनिकट नेता कार्यकर्तालाई कुनै भूमिका नदिएको भन्दै बादल ओलीसँग रुष्ट भएका हुन ।
उसो त बादलनिकट मात्र होइन, पूर्व माओवादी अन्य नेताहरूनिकट नेता कार्यकर्ता पनि अधिवेशनबाट नेतृत्वमा आएका छैनन् ।

ओलीले बादल लगायत पूर्व माओवादी समूहलाई कुनै स्थान दिएका छैनन् । त्यस्तै एमालेकै तेस्रो धारका रूपमा चिनिने नेताहरूको पक्षमा पनि अधिवेशन भएको छैन ।
सुदूरपश्चिममा भीम रावलले अधिवेशन भएकै थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

एमालेले यही मङ्सिर १० देखि १२ सम्म चितवनमा दशौँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछ ।

एमाले चितवनको खैरहनीमा भाडभैलो, थपलिया र कडेँल गुटको अलग अलग कमिटि घोषण

चितवन ।

पूर्वी चितवनको खैरहनी नगरपालिकामा नेकपा एमालेभित्र चरम विवाद देखिएको छ । वडा कमिटी गठनदेखि नै चरम विवाद देखिएको खैरहनीमा नगर कमिटी गठनमा पनि उस्तै विवाद देखापरेको छ । एमालेभित्रको विवादपछि मंगलबार नगर अधिवेशनबाट दुई वटा नगर कमिटी घोषणा भएको छ ।

पार्टी अध्यक्ष केपी ओली निकट नेता जेएन थपलिया र नेता सुरेन्द्र पाण्डे निकट नेता केशव कडेँलले अलग अलग कमिटि घोषण गरेपछि यहाँ भाडभैलो मचिएको छ ।

खैरहनीको निर्वाचन कार्यदल संयोजक रहेका जेएन थपलियाले पूर्णबहादुर डल्लाकोटीको अध्यक्षतामा नगर कमिटी घोषणा गरेलगत्तै कार्यदल सदस्य केशव कँडेलले सो घोषणा एकलौटी भएको भन्दै अर्को नगर कमिटी घोषणा गरेका हुन् ।

कँडेलले घोषणा गरेको नगर कमिटी अध्यक्षमा डल्लाकोटीको नेतृत्वमा नगर कमिटीमा उपाध्यक्ष बनाइएका छत्र सुवेदी अध्यक्ष रहेको अर्को कमिटी घोषणा गरे ।

डल्लाकोटी अध्यक्ष रहेको नगर कमिटीको सचिवमा गोपाल परियारसहित २ उपसचिव र सदस्य पछि मनोनीत गर्ने गरी घोषणा भएको छ । यता सुवेदी अध्यक्ष रहेको नगर कमिटी उपाध्यक्षमा लालमणि कुँवर, सचिवमा सुन्दर मैनाली, उपसचिवमा रत्ना श्रेष्ठ, गोमनाथ भट्टराईसहित ६५ सदस्यीय नगर कमिटी घोषणा भएको छ ।

उमेदवारी रहेकै बेला र सहमतिको मार्गप्रशस्त रहेका बेला एकलौटी ढङ्गले नगर कमिटी घोषणा गरिएको भन्दै अर्को कमिटी घोषणा गर्न बाध्य भएको एमाले खैरहनीका नेता झगरु चौधरीले बताए ।

अधिवेशनले सर्वसम्मतरूपमा नगर कमिटी गठन गरेको कार्यदल सदस्य कँडेलले बताए । उनले यो कमिटी एमालेको आधिकारिक कमिटी रहेको दावी समेत गरे । घोषणा गरिएको कमिटीको नामावली जिल्ला कमिटीमा पठाइने उनले बताए ।

घोषणा कार्यक्रममा खैरहनी ७ का वडाध्यक्ष मनेजर महतो, ९ का वडाध्यक्ष होमकुमार पुन, केही वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस