सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • एमाले चितवनको खैरहनीमा भाडभैलो, थपलिया र कडेँल गुटको अलग अलग कमिटि घोषण
समाचार

एमाले चितवनको खैरहनीमा भाडभैलो, थपलिया र कडेँल गुटको अलग अलग कमिटि घोषण

चितवन ।

  पूर्वी चितवनको खैरहनी नगरपालिकामा नेकपा एमालेभित्र चरम विवाद देखिएको छ । वडा कमिटी गठनदेखि नै चरम विवाद देखिएको खैरहनीमा नगर कमिटी गठनमा पनि उस्तै विवाद देखापरेको छ । एमालेभित्रको विवादपछि मंगलबार नगर अधिवेशनबाट दुई वटा नगर कमिटी घोषणा भएको छ ।

विज्ञापन

पार्टी अध्यक्ष केपी ओली निकट नेता जेएन थपलिया र नेता सुरेन्द्र पाण्डे निकट नेता केशव कडेँलले अलग अलग कमिटि घोषण गरेपछि यहाँ भाडभैलो मचिएको छ ।

विज्ञापन

खैरहनीको निर्वाचन कार्यदल संयोजक रहेका जेएन थपलियाले पूर्णबहादुर डल्लाकोटीको अध्यक्षतामा नगर कमिटी घोषणा गरेलगत्तै कार्यदल सदस्य केशव कँडेलले सो घोषणा एकलौटी भएको भन्दै अर्को नगर कमिटी घोषणा गरेका हुन् ।

कँडेलले घोषणा गरेको नगर कमिटी अध्यक्षमा डल्लाकोटीको नेतृत्वमा नगर कमिटीमा उपाध्यक्ष बनाइएका छत्र सुवेदी अध्यक्ष रहेको अर्को कमिटी घोषणा गरे ।

डल्लाकोटी अध्यक्ष रहेको नगर कमिटीको सचिवमा गोपाल परियारसहित २ उपसचिव र सदस्य पछि मनोनीत गर्ने गरी घोषणा भएको छ । यता सुवेदी अध्यक्ष रहेको नगर कमिटी उपाध्यक्षमा लालमणि कुँवर, सचिवमा सुन्दर मैनाली, उपसचिवमा रत्ना श्रेष्ठ, गोमनाथ भट्टराईसहित ६५ सदस्यीय नगर कमिटी घोषणा भएको छ ।

उमेदवारी रहेकै बेला र सहमतिको मार्गप्रशस्त रहेका बेला एकलौटी ढङ्गले नगर कमिटी घोषणा गरिएको भन्दै अर्को कमिटी घोषणा गर्न बाध्य भएको एमाले खैरहनीका नेता झगरु चौधरीले बताए ।

अधिवेशनले सर्वसम्मतरूपमा नगर कमिटी गठन गरेको कार्यदल सदस्य कँडेलले बताए । उनले यो कमिटी एमालेको आधिकारिक कमिटी रहेको दावी समेत गरे । घोषणा गरिएको कमिटीको नामावली जिल्ला कमिटीमा पठाइने उनले बताए ।

घोषणा कार्यक्रममा खैरहनी ७ का वडाध्यक्ष मनेजर महतो, ९ का वडाध्यक्ष होमकुमार पुन, केही वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस