On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बादललाई एमालेमा राम्रो ठाउँ दिएर माओवादीका नेता कार्यकर्ताको सहानुभूति बटुल्ने रणनितीमा ओली
समाचार

बादललाई एमालेमा राम्रो ठाउँ दिएर माओवादीका नेता कार्यकर्ताको सहानुभूति बटुल्ने रणनितीमा ओली

काठमाडौं ।

अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी गतिविधि गर्न बाध्य पारिदिएका छन् । राजनीतिमा इगो सबैभन्दा प्रमुख हुने गर्छ ।

विज्ञापन

ओलीले त्यही इगो लिएर अहिले देखाइदिन्छु भन्ने नियतका साथ पूर्वमाओवादी नेता बादललाई महत्वपूर्ण अवसर दिएका छन् भने पार्टीका प्रभावशाली नेताहरूलाई भूमिकाविहीन बनाइदिएका छन् ।

विज्ञापन

बादललाई एमालेमा राम्रो ठाउँ दिँदा माओवादी नेता कार्यकर्ताको सहानुभूति बटुल्न पाइन्छ कि भन्ने भ्रम ओलीमा देखिएको छ । जबकि बादल निकट कोही पनि एमालेमा प्रवेश गरेका छैनन् । एमालेमा प्रवेश गरेका प्रभु साह, मणि थापा, टोपबहादुर रायमाझीसमेत असन्तुष्ट रहेको बताइन्छ । सुदूरपश्चिम इन्चार्ज बनाइदिएकाले लेखराज भट्टले ओलीलाई दह्रो साथ दिएका छन् ।

तर सुदूरपश्चिम प्रदेशमा भीम रावलले अझै एमालेको खेल बिगार्न सक्छन् । त्यो संकेत उनले बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकमा दिइसकेका छन् । रावलले ओलीको कार्यशैलीले भोलिका दिनमा एमालेमा बस्नै पर्छ भन्ने अवस्था नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनले ओलीले १० बुँदे सहमति नमाने एमालेले ठूलै क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् ।

ओलीले मंगलबार बागमती एमालेको कार्यक्रममा १० बुँदेको ट्याउँट्याउँ कति सुन्नुपर्ने भन्दै त्यसको आवश्यकता नभएको बताएपछि भाँडभैलो मच्चिएको छ । एमालेका १० भाइले जति फूर्ति लगाए पनि ओली भने आफ्नो बाटोमा क्लियर छन् । बादललाई बलियो बनाएर चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्थिति कमजोर बनाउने उनको रणनीति देखिन्छ । त्यही भएर उनले पूर्वमाओवादीका अरु नेताभन्दा बादललाई नै बढी भूमिका दिएका छन् ।

ओलीले बादललाई विधान महाधिवेशनको संयोजक बनाएका थिए । अहिले फेरि १०औं महाधिवेशन व्यवस्थापन समितिको संयोजक बनाएका छन् । बादलकै अन्डरमा सुरेन्द्र पाण्डे, योगेश भट्टराईलाई राखिएको छ । यसले पनि के देखाउँछ भने ओलीले माधव नेपाललाई छाडेर आउने सबैको हैसियत अब एम म्यानका रूपमा पार्न खोजेका छन् ।

चितवनमा महाधिवेशन गरेर फेरि एमालेको अध्यक्ष बन्ने ओलीको मनशाय देखिन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस