On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले चितवनको विवाद मिल्यो, कृष्णभक्तले छाडे अध्यक्षको दावी
समाचार

एमाले चितवनको विवाद मिल्यो, कृष्णभक्तले छाडे अध्यक्षको दावी

चितवन ।

१० बुँदे कार्यान्वयन गर्ने सम्वन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा देखिएको विवाद अन्त्य भएको छ ।

विज्ञापन

एमाले चितवनको बिहीबार भरतपुरमा बसेको १०औं जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले विवाद समाधान गरेको एमाले चितवनका निवर्तमान अध्यक्ष कृष्णभक्त पोखरेलले बताए ।

विज्ञापन

एमाले २०७५ जेठ २ मा फर्किने सन्दर्भमा एमाले चितवनमा विवाद देखिएको थियो । २०७५ जेठ २ मा फर्किदा चितवन निर्वाचन क्षेत्र नं २ का सांसदसमेत रहेका कृष्णभक्त पोखरेल अध्यक्ष हुनुपर्ने थियो ।

सांसद पोखरेल १० बुँदे सहमतिभन्दा अगाडि नै एमालेको मूल प्रवाहमा समेटिसकेका थिए । उनले क्यान्सर अस्पताल भरतपुरको अडिटोरियम हलमा २०७८ बैशाख ११ गते बसेको एमाले चितवनको दोस्रो पूर्ण बैठकमा अध्यक्ष पदसहितको जिम्मेवारी तत्कालिन जिल्ला सचिवसमेत रहेकी नेतृ पार्वती रावललाई हस्तान्तरण गरेका थिए । तथापी नेतृ रावल, २०७७ पुस ५ गतेको संसद विघठन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि फुट आएको नेकपामा केपी ओली पक्षको जिल्ला अध्यक्ष भएर काम गरिसकेकी थिइन् ।

‘जेठ २ मा फर्किने सन्दर्भमा कुनै समस्या होइन र थिएन, तर तत्कालिन अध्यक्ष स्वंयले नै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकोले मेरो दावी स्वभाविक रहेको देखिएको हो’ नेतृ रावलले भनिन्, ‘अहिले हामी त्योभन्दा पनि धेरै अगाडि बढेका छौं, सिङ्गो पार्टी एक ढिक्का बनेको छ ।’

बागमती प्रदेशको अन्य जिल्लामा १० बुँदे कार्यान्वयन गर्ने सहमती लागु भए पनि चितवनमा भने विशिष्ट अवस्था देखिएको थियो । एमाले निवर्तमान जिल्ला अध्यक्ष कृष्णभक्त पोखेरलले भने १० बुँदे सहमति कार्यान्वयन भएको सन्देश दिन केही महीनाका लागि मात्रै अध्यक्ष हुने चाहना राखेका थिए ।

पार्टी नेतृत्वकै निर्देशन अनुसार दुई पटकसम्म पार्टीको जिल्ला कमिटीको बैठकको आयोजना पोखरेलले गरे पनि त्यसमा सहमति हुन सकेको थिएन । उनले समाजवादीतिर गएका केही व्‍यक्तिहरुलाई एमालेकै मूल प्रवाहमा जोड्नका लागि मात्रै आफू अध्यक्ष बन्न चाहेको बताउँदै आएका थिए ।

‘अधिवेशन नजिक आइसक्यो, फेरि १० बुँदेभन्दा सबै संरचनाहरु भत्कने, मनोविज्ञानहरु भत्कने देखिएपछि एकतासहितको नयाँ परिस्थितिमा उभिएका छौं’ पोखरेलले भने, ‘यसले पार्टीलाई थप बलियो र चितवनमा थप शशक्त बनाउँछ भन्ने विश्वास छ ।’

आफू पक्षीय केही नेतालाई जिल्ला कमिटीमा ल्याएपछि निवर्तमान अध्यक्ष पोखरेलले अध्यक्षको दाबी छाडेका छन् । उनी पक्षका नेता प्रकाश ढुंगानालाई बिहीवारको बैठकले जिल्ला उपसचिवमा मनोनयन गरेको छ ।

निवर्तमान अध्यक्ष रहेका सांसद कृष्णभक्त पोखरेल पनि बागमती प्रदेश कमिटी सदस्य बनेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस