शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • महराले पाए माओवादीको महत्वपूर्ण दुईवटा विभागको जिम्मेवारी
समाचार

महराले पाए माओवादीको महत्वपूर्ण दुईवटा विभागको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रमा ३२ वटा विभागको जिम्मेवारी बाँडफाँड हुँदा एकजना नेताले दुईवटा विभागको प्रमुख बन्ने अवसर पाएका छन् । पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले दुईवटा विभागको जिम्मेवारी पाएका हुन् ।

महराले प्रचार तथा प्रकाश विभाग र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी पाएका हुन् । दुवै विभाग महत्वपूर्ण मानिन्छ । माओवादी प्रवक्ता समेत रहेका महरा सभामुखबाट राजीनामा दिएका नेता हुन् ।

विज्ञापन

महरामाथि ब’ला’त्कारको अभियोग लागेको थियो । उनले अदालतबाट सफाई पाइसकेका छन् । तर, उक्त घटनाले उनको राजनीतिक जीवनमा ठूलो धक्का परेको छ । महरालाई कतिपयले प्रचण्डको उत्तराधिकारीको रुपमा समेत लिने गरेका छन् । उनी प्रचण्डका सबैभन्दा विश्वासपात्र नेता मानिन्छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस