On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सत्ता फुत्किने भएपछि एमालेद्वारा शाक्य बचाउन ओलीकै शैलीमा हर्कत, डरले बालकोटलाई तनाब
समाचार

सत्ता फुत्किने भएपछि एमालेद्वारा शाक्य बचाउन ओलीकै शैलीमा हर्कत, डरले बालकोटलाई तनाब

मकावनपुर । एमालेले बागमती प्रदेशसभाको प्रदेश सांसद बैठक सार्न पत्र पठाएको छ ।

एमालेको यो निर्णयको विपक्षी दलका नेताहरूले असन्तुष्टि पोखेका छन् । अल्पमतमा परेपछि सरकारको आयु लम्ब्याउन एमालेले प्रदेशसभाको बैठक सार्न खोजेको आरोप लगाएका छन् ।

विज्ञापन

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले एमालेले प्रदेशसभाको बैठक सार्न एमालेले प्रस्ताव गरेको निर्णयको विरोध गरेका छन् ।

विज्ञापन

उनले प्रदेश सरकार अल्पमतमा परिसकेको अवस्थामा संसदबाट विश्वासको मत लिन छाडेर अल्पमतको सरकारलाई केही दिन कायम राख्न एमालेका नेताहरू प्रदेशसभा बैठक सार्ने प्रयासमा लागेको बताएका छन् ।

नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले विपक्षी दलसँग सल्लाह नै नगरी प्रदेश सरकार र सत्तारुढ दल एमालेले आफू अनुकुल प्रदेशसभा चलाउन खोजेको आरोप लगाएका छन् ।

विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको दल विभाजित भएको अवस्थामा अल्पमतको सरकारको नेतृत्व गर्नेभन्दा विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने सम्भावित कार्यसूची छ । सत्तारुढ दल विभाजन भएका कारण मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

प्रदेशसभामा एमालेसँग बहुमत जुट्ने अवस्था छैन । सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरुप एमालेले प्रदेशसभा बैठक सार्न पत्र पठाएपछि बागमती प्रदेशमा एमाले र विपक्षी दलहरूबीच तिक्तता बढेको छ ।

सत्ता बचाउन खड्गप्रसाद ओलीले विभिन्न जालझेल र तिकडमहरू गरेका थिए । ओलीकै जस्तो जालझेल बागमतीमा पनि एमालेले शुरु गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस