बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • सभामुखले अदालत र निर्वाचन आयोगसँग सेटिङ गरेर पार्टी विभाजनको मतियार बन्नुभयो : विशाल भट्टराई
समाचार

सभामुखले अदालत र निर्वाचन आयोगसँग सेटिङ गरेर पार्टी विभाजनको मतियार बन्नुभयो : विशाल भट्टराई

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीको वडा अधिवेशनको चटारो थाहा हुँदाहुँदै पूर्वाग्रह राखेर कात्तिक ९ गते संसद् बोलाएको आरोप लगाएका छन् । सभामुखले गल्ती गरेँ, आइन्दा गर्दिनँ भनेर आत्मालोचना गरे संसद् अवरोधमा पुनर्विचार गर्न एमाले तयार भएको पनि उनले बताए ।

भट्टराईले भने, “सभामुखले नेकपा एमालेप्रति बायस भएर कात्तिक ९ गते प्रतिनिधिसभाको बैठक तय गर्नुभएको छ । यसमा हाम्रो आपत्ति छ । त्यसैले मिति सार्न आग्रह गरेका छौं । यो एमालेको राष्ट्रिय स्तरको कार्यक्रममा अवरोध पुर्याउने षड्यन्त्र हो ।”

विज्ञापन

भट्टराईले एमालेले उठाएका मुद्दाका प्रश्नको यथोचित् समाधान नभएसम्म संसद् नखुल्ने स्पष्ट पारे । उनले भने, हामीले जे मुद्दा उठाएका छौं, त्यो सम्बोधन गर्नुपर्छ । सभामुखले गलत क्रियाकलाप सच्चाउनुपर्छ । मैले गल्ती गरेँ, त्रुटि गरेँ, आइन्दा गर्दिनँ भनेर एमालेप्रति गरेको विभेदमा आत्मालोचना गर्न तयार हुनुभयो भने पुनर्विचार गर्न सकिन्छ ।”

विज्ञापन

नेकपा एमाले संविधान निर्माणमा अगुवाइ गरेको लोकतन्त्रवादी पार्टी भएकाले संसदलाई सर्वोच्च संस्था मानेको उनले बताए । उनले भने, “संसद् भनेको जनताको आवाज मुखरित हुने थलो हो । नेकपा एमालेले खुला रुपमा सार्थक वार्ता गर्न भनेकै हो । तर सभामुखले अदालत र निर्वाचन आयोगसँग सेटिङ गरेर पार्टी विभाजनको मतियार बन्नुभयो । हामी संवादका माध्यमबाट अहिलेको गतिरोधको शान्तिपूर्ण समाधान गर्न चाहन्छौं । सभामुख र प्रधानमन्त्रीले चाहेमा वार्तामा बस्न तयार छौं ।”

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस