शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे उपराष्ट्रपति पुन
समाचार

मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले नर्भिक अस्पताल पुगेर नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति पुन आज बिहान नर्भिक अस्पताल पुगेको उनको सचिवालयले जानकारी दिएको छ।

उपचारमा संलग्न चिकित्सकले वैद्यको स्वास्थ्य स्थितिबारे उपराष्ट्रपतिलाई जानकारी गराएका थिए। चिकित्सकले वैद्यको स्वास्थ्यमा सुधार आएको र बुधवारसम्म डिस्चार्ज गर्न सकिने जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जनाएका छन्।

विज्ञापन

वैद्य आइतबार बिहान नर्भिक अस्पताल भर्ना भएका हुन्। वैद्यलाई दमको समस्या रहेको बताइएको छ। आइतबार बिहान छाती समेत दुखेकाले उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा उनको छातीको एक्स-रे गर्दा दाग समेत देखिएको जनाइएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस