शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुँदैन : पूर्व अर्थसचिव खनाल
समाचार

माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुँदैन : पूर्व अर्थसचिव खनाल

काठमाडौं।

नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले माओवादी नै देश विकासको बाधक भएको बताउँदै पार्टीको बन्धनबाट देश मुक्त हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’

विज्ञापन

विज्ञापन

तत्कालीन माओवादी पार्टीबाटै प्रधानमन्त्री बनेका डा.बाबुराम भट्टराईको आर्थिक सल्लाहकारसमेत बनेका खनालले नेपाली काँग्रेसले माओवादीसँग हात मिलाउनु ऐतिहासिक गल्ती भएको पनि जिकिर गरेका छन् । ‘नेपालमा रोकिएको विकासका लागि माओवादी सिद्धान्तको अन्त्य आवश्यक छ,’ पछि बाबुरामकै नयाँ शक्ति पार्टीमा समेत आबद्ध भएका खनालको भनाइ छ । उनले बडा दसैँ २०७८ को शुभकामना भन्दै आगामी चुनावमा कसैलाई पनि माओवादी पार्टी मत दिने अवस्था उत्पन्न नहोस् भन्दै सो बन्धनबाट मुक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।

 

 

 

राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक भित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ,उनले भनेका छन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस