शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्री झाँक्री दसैं टीका लगाउन वामदेव निवासमा
समाचार

मन्त्री झाँक्री दसैं टीका लगाउन वामदेव निवासमा

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वामदेव गौतमसँग दसैं टीका लगाएकी छन्।

एमालेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार टीका लगाउन मन्त्री झाँक्री आइतबार गौतम निवास पुगेकी हुन्।

विज्ञापन

‘आज मान्यवरबाट टीका ग्रहण गर्दा त्यतै भेट भयो’, सुवेदीले गौतम निवासमा समूहमा लिइएको फोटो राख्दै सामाजिक सञ्जालमा लेखेका छन्।

विज्ञापन

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीको सचिव रहेकी झाँक्री अहिले शहरी विकासमन्त्री छन्।

एमालेबाट राजीनामा दिएर बसेका गौतम अहिलेसम्म एकीकृत समाजवादीमा जोडिएका छैनन्। एमालेका अध्यक्ष केपी ओलीले राजीनामा स्वीकृत गरिनसकेकाले गौतम फेरि पनि एमालेमै रहन्छन् वा एकीकृत समाजवादीतिर लाग्छन् प्रष्ट भैसकेको छैन। प्रतिनिधिसभाको सदस्य रहेकी गौतम पत्नी तुलसा थापा पनि कतै खुलेकी छैनन्।

गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास अन्तर्गत एमाले र एकीकृत समाजवादी दुवै पक्षका नेताहरूले भेटवार्ता गरिरहेका छन्।

यसैबीच दसैं टीका लगाउने सन्दर्भ मिलाएर झाँक्रीले गौतमसँग भेटवार्ता गरेकी हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस