शनिबार, साउन १२, २०८१
  • होमपेज
  • क्रिकेट
  • पाकिस्तान क्रिकेट टीमका कप्तानलाई धम्की – ‘भारतसँग हार्‍यौ भने घर आउन दिँदैनौं’
क्रिकेट

पाकिस्तान क्रिकेट टीमका कप्तानलाई धम्की – ‘भारतसँग हार्‍यौ भने घर आउन दिँदैनौं’

भारत र पाकिस्तानबीच टी२० विश्वकपको खेल अर्को आइतवार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको छ । यी दुई टीमको प्रतिस्पर्धा निकै कडा हुने भएकाले प्रशंसकहरूमा धेरै उत्साह छ ।

पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले टी२० विश्वकपमा टीमको प्रदर्शन राम्रो होस् भनी शुभकामना दिन प्रशंसकहरूलाई आग्रह गर्दा धेरैले त शुभकामना दिए । तर राहिल भट नामक एक व्यक्तिले धम्की दिँदै भारतसँग हारेमा घर फर्किन नदिने बताए । भारत र पाकिस्तानबीच विश्वकपमा पाँचपटक जम्काभेट हुँदा पाकिस्तान पाँचैपटक हारेको छ ।

विज्ञापन

आजम चाहिँ यस म्याचप्रति उत्साहित छन् । उनले केही दिनअघि भनेका थिए, ‘हामीले विगत तीन वर्षमा यूएईमा क्रिकेट खेलेका छौं र यहाँको मैदानका बारेमा जानकार छौं । म्याचको दिन जसले राम्रो खेल्छ, त्यसैले जित्ने हो । हामी जित्छौं जस्तो लाग्छ ।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस