शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विशेष
  • गणतन्त्र नेपालका पिता : प्रचण्ड
विशेष

गणतन्त्र नेपालका पिता : प्रचण्ड

कार्ल बिक्रम थापा । 

पुष्पकमल दाहाल अर्थात प्रचण्डको बारेमा कलम नचलाई सुख्खै पाईन, कारण के हो त भन्दा पुष्पकमल दाहाल प्रचण्डको बारेमा यत्ति धेरै गालीगलौज गर्न गराउन लागिपरेका नेकपाका नेता तथा कार्यकर्तालाई प्रचण्ड के हुन् त भनेर चिनाउन जरूरी नै भयो ।

विज्ञापन

कार्ल मार्क्सको स्थान कसैले लिन सक्दैन, उनको स्थान ग्रहण गर्न एङ्गेल्सले पनि सकेनन् र म कार्ल मार्क्सको रूपमा प्रचण्डलाई प्रस्तुत गर्ने धृष्टता पनि गर्न सक्दिन किनकी कार्ल मार्क्स त कम्युनिष्टका मूहान हुन् त्यही मुहानको एउटा बलियो हाँगा हुन् प्रचण्ड त्यस्तै रूसका लेनिन हुन् भने नेपालका प्रचण्ड हुन्, चिनका माओ हुन् भने नेपालका प्रचण्ड हुन्, उत्तर कोरियाका किम ईल सुङ्ग हुन् भने नेपालका प्रचण्ड हुन् यत्ति कुरा बुझ्नु जरूरी जरूरी छ नेपालका कम्युनिष्टहरूले ।
कसरी:-
२०५२ सालमा प्रचण्डको पुरै परिवार मृ’त्युको च्यादर टाउकोमा बाँधेर जनयू’द्धमा होमिएका थिए, त्यो समाजवादको लागि संघर्षको पहिलो चरण थियो । मा’रि’एका भए अहिले देशमा गणतन्त्र हुन्थ्यो वा हुन्नथ्यो ? सहिद कहलाउँथ्यो वा गुमनाम हुन्थे ? यो नसोचिएका विषयहरु हुन् । तर अनवरतरुपमा शसस्त्र यु’द्ध गरिरहेको तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष नै आजको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पनि हुन् ।
नेकपा (माओवादी) ले शसस्त्र बि’द्रोह गरेको हुन्थेन भने आज देश गणतन्त्रात्मक हुने थिएन । किनकि अरू कुनै पनि पार्टीको एजेन्डा गणतन्त्र थिएन । कांग्रेसको त प्रभू नै थियो सँग सँगै तत्कालीन एमाले पनि राजतन्त्र भित्रै रमाउने पार्टी थियो, अरू पार्टीहरूको चर्चा गर्नुनै उपयूक्त ठानिन । यस्तोमा नेकपा (माओवादी) एक्लै गणतन्त्रको एजेन्डा बोकेर अनवरतरुपमा संघर्षशील रहिरह्यो ।
यू’द्ध निति, यू’द्धबिराम हुँदै अघि बढिरहेका प्रचण्ड लगायत सिङ्गो पार्टीलाई आ’तं’ककारी भन्दै टाउकाको मोल तोकेर बसिरहेका नेपाली कांग्रेस र नेकपा एमाले सामन्ती राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि मात्र गणतन्त्रलाई आफ्नो बिधानको अंग बनाए त्यो पनि कांग्रेसले आफ्नो बिधानमा गणतन्त्र राखेपछी नेकपा एमाले ले राखेको हो । त्यतिखेर पनि नेकपा एमाले जनतामाझ ढुलमुले पार्टीको रूपमा परिचित थियो ।

विज्ञापन

समग्रमा ईतिहासलाई साक्षी राख्ने हो भने यि दुई ठूला पार्टी नै पहिलो पटक नेकपा (माओवादी) को गणतन्त्रात्मक एजेन्डामा प्रवेश गर्यो । भन्ने गर्छन् जङ्गलबाट माओवादीलाई सहरमा ल्याउने कांग्रेस र नेकपा एमाले हो तर त्यसो होईन बरू सहरमा रमाइरहेका यी दुई नेपालका पार्टीको एजेन्डा नै परिवर्तन गर्न बाध्य तुल्याईदियो । नेकपा एमालेका एकजना नेता त पछिसम्म पनि भन्दै थिए बयलगाढा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु उस्तै उस्तै हो । यसकारण पनि म गर्वका साथ भन्छु कि प्रचण्ड नै गणतन्त्रका पिता हुन् ।
“संबिधान सभा” तत्कालीन नेकपा माओवादीको एजेन्डा नै हो, त्यही एजेन्डालाई अन्य राजनैतिक पार्टीले पनि स्विकार गरेर संबिधान सभाको निर्वाचन भयो, त्यही संबिधान सभाले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्यो । यो सबै आँधीबेहरी श्रृजना गर्ने नेतृत्व नै प्रचण्ड हो । उनको हरेक कदममा मैले देश देखेको छु, समाजवादी यात्रा देखेको छु । उतिबेला गणतन्त्रमा स्खलित हुने अनि ऐले फेरी समाजवादमा स्खलित हुनेहरू सँग कडा संघर्ष गरिरहेका छन्, प्रचण्ड ।
संबिधान सभा मार्फत गणतन्त्र घोषणा गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रचण्डले समाजवादी यात्रामा अनवरतरुपमा संघर्षशील कम्युनिष्टहरूको बिचारलाई नेतृत्व दिईरहेका छन्, समाजवादी यात्रामा सघाउनु पर्यो नि सच्चा कम्युनिष्टहरूले ।
सामान्य भाषामा बुझाउनुपर्दा एउटा शिशु जन्मँदा जसरी एउटी आमाले रगतको खोलो बताउँछिन त्यसैगरी गणतन्त्र नेपाल जन्मदा १७००० नेपालीले रगत बगाए । त्यसको नेतृत्व प्रचण्डले गरेका हुन् । यी हुन् प्रचण्ड, गणतन्त्र नेपालका पिता ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस