नेपालको आर्थीक विकाशको लागि ठोरी केरुङ लोकमार्ग तारा पौडेल
काठमाडौं ।
विज्ञापन
ठोरी केरुङ लोकमार्ग निर्माण अभियानका संयोजक तारा पौडेलले ठोरी केरुङ लोकमार्गबिना नेपालको आर्थिक विकास पूर्ण नहुने बताएका छन् ।
विज्ञापन
एक टेलिभिजनमा कुरा गर्दै पौडेलले भने नेपाललाई दुई ढुंगाको तरुल नभई ऐशियाको ट्रान्जीटको रुपमा स्थापनाका लागि ठोरी केरुङ लोकमार्गको आवश्यकता रहेको बताउनु भयो ।
यो लोकमार्ग तीन देशलाई जोड्ने छोटो दुरी (१९२ किलोमिटर) मात्र भएकाले त्रिदेशीय ब्यापारिक हिसाबले महत्त्वपूर्ण रहेको बताउनु भयो । यस योजनालाई बि आर आई को मुख्य प्रथामिकताको रुपमा अघि बढाउनु पर्नेमा जोड दिनु भयो ।
सम्बन्धि समाचार
ठोरी केरुङ लोकमार्गबिना चितवनको विकास पूर्ण हुँदैन : तारा पौडेल
चितवन ।
ठोरी केरुङ लोकमार्ग निर्माण अभियानका संयोजक तारा पौडेलले ठोरी केरुङ लोकमार्गबिना चितवनको विकास पूर्ण नहुने बताएका छन् । संयोजक पौडेल चितवन र भरतपुर महानगरपालिकाको विकासलाई अन्तर्राष्ट्रियस्तरको बनाउने हो भने ठोरीलाई अन्तर्राष्ट्रिय पोर्टको रुपमा विकास गर्नुपर्ने बताउँछन् ।
झण्डै ७ वर्ष अघिदेखि नेपाललाई त्रिदेशीय मार्गले जोड्न ठोरीदेखि केरुङसम्मको मार्ग खोल्नुपर्छ भन्दै अभियान चलाएका उनले ठोरीलाई अन्तर्राष्ट्रिय व्यपार नाकाको रुपमा विकास गर्नुपर्ने अवधारणा अघि सारेका छन् । पौडेलले निकुञ्जभित्र सुरुङ मार्ग नभई ओभरहेड ब्रिज बनाउनुपर्ने भन्दै आइरहेका छन् । प्रस्तुत छ, ठोरी केरुङ लोकमार्ग निर्माण अभियानका संयोजक तारा पौडेलसँग गरिएको कुराकानी :
ठोरी केरुङ लोकमार्गको काम कहाँसम्म पुग्यो ?
यसको निमार्ण कार्यलाई अगाडि बढाइरहेका छौँ । अहिले ठोरी केरुङ लोकमार्ग चर्चाको विषय पनि बनेको छ । निरन्तर रुपमा बन्ने क्रममा छ ।
यो सडकलाई बिस्तार गर्न कठिनाई भएको भन्ने कुरा चाहिँ के हो ?
कठिनाई भएको छैन । एकीकृत विकाससँग जोडिएको अवधारणालाई अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । तर अर्को महत्वपूर्ण कुरा के हो भने यस्ता ठुला लोकमार्ग वा सडकहरु बस्तीको कोर एरियाबाट हुनु हुँदैन । भोलि पारवहनमा यसले ठुलो असर पार्छ । त्यही भएर यस्ता मार्गहरुलाई बजार एरियाबाट बाहिर पारेर लैजानु पर्छ । यस्ता ठुला सडकहरु बस्तीको बीचबाट लैजाँदा प्रश्स्त क्षति हुन्छ । निकै ठुलो चर्चा पनि बनेको छ । अहिले हाकिमचोकदेखि जगतपुर यसरी बाटोको स्तर उन्नति गर्नु हुँदैन भनेर दबाब छ । आम नगरिकको चासोको विषय बनेको छ । विभिन्न दबाब समुह पनि बनेका छन् ।
हाम्रो पनि भनाई के हो भने यो ठुला मार्गहरु बस्तीको बीचबाट लैजानु हुँदैन भन्ने नै हो । हामीसँग अर्को विकल्प छ नि त । गोन्द्राङदेखि पटिहानी टाउन, जगतपुरहुँदै ध्रुव तार्न सक्छौँ । जङ्गलको किनारै किनार लौजाँदा उपयुक्त हुन्छ । अहिलेसम्म डिपिआर पनि भएको छैन । अहिले त मात्र यो चर्चाको विषयमात्र बनिरहेको छ । डिपिआर पनि नभइसकेको विषयलाई यत्रो हाउगुजी बनाउनुपर्ने आवश्यकता छैन ।
यसको रुट कसरी निर्धारण हुँदैछ ?
हामीले पहिल्यै रुट निर्धारण गरिसकेका छौँ । हामीले त्यसको सम्भाव्यता अध्ययन गर्ने क्रममै दुई वटा ईलिमेन्ट फिट गरेका थियौँ । एउटा भण्डारादेखि सिधै ठोरी १ सय ६८ दशमलव ६ किलोमिटरमा ठोरीदेखि केरुङ पुग्न सक्छौँ । अर्को ईलिमेन्ट भनेको बाटो भनेको विकास पनि हो नि त । अर्को कुरा के छ भने परिकल्पना गर्ने क्रममा भरतपुर महानगरपालिका बनाउने र यसको कनेक्टिभिटिको लागि त्रिदेशीय मार्गको कल्पाना गरका थियौँ ।
ठोरीमा नाका खोलेर ठोरीदेखि केरुङसम्म बाटो लैजाने । महानगरको कनेक्टिभिटिको निम्ति यो अवधारणा अगाडि बढाएको हुनाले सम्भवतः गोन्द्राङदेखि पटिहानी टाउन जङ्गलहरुहुँदै मार्ग लैजानु पर्छ । हुलाकीलाई पनि बस्तीहुँदै भरतपुर ल्याउनु पर्छ भन्ने मेरो मान्यता होइन । हुलाकीलाई गोलाघाटबाट तार्न सकिँदैन भने गोसरघाट वा सिख्रौलीघाटबाट तारौँ । महानगरको पश्चिम भागलाई समुन्नत विकास गर्ने हो भने महानगरले हुलाकी मार्गलाई पश्चिम चितवनबाट सार्नुपर्छ भन्ने मेरो मन्यता हो ।
ठोरी केरुङ लोकमार्गमा निकुञ्ज पर्छ । विश्व सम्पदा सुचीमा परेको निकुञ्जभित्र अहिले सुरुङ मार्ग बनाउने भन्ने कुरा पनि आइरहेको छ । कत्तिको सजिलो काम हो यो ?
यो सुरुङ मार्ग बनाउनु हँुदैन । भोलि बाटोको विकास गर्ने क्रममा त्रिदेशीय मार्ग, पर्यटकीय मार्गको रुपमा र ठुला आर्थिक गतिविधि गर्न सक्न मिल्ने हुनुपर्छ । भोलि यही बाटो भएर धेरै आर्थिक गतिविधि संचालन गर्नुपर्ने भएकाले ओभरहेड ब्रिज नै उपयुक्त हुन्छ निकुञ्ज क्षेत्रमा । यो बाटोलाई पर्यटनसँग पनि जोड्न सक्ने खालको हुनुपर्छ । चीन र भारतबीच ठुलो पारवहनको सम्झौता भएको छ । यसमा नेपालको ठुलो भुमिका रहन्छ ।
हुलाकी मार्ग पनि सुरुङ हुँदै आउने छैन । सतहमा नै आउँदैछ । कुन देशमा निकुञ्जभित्र नगई बाटो बनेको छ ? निकुञ्ज पनि यस विषयमा गम्भीर हुन जरुरी छ । हामी निकुञ्जसँग वन र वातावरण पनि जोगाउने विषयमा मात्र सम्झौता गर्छौं । ६ दशमलव ३ किलोमिटरमात्र निकुञ्ज भएर जान्छ । ओभरहेड ब्रिज बनाउन सकिँदैन भन्ने होइन ।
ठोरी केरुङ लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग र हुलाकी सडकलाई कसरी जोडेर चितवनको वृहत्तर विकास गर्न सकिन्छ ?
चितवन मध्यभागमा छ । त्यसैले चितवनलाई नयाँ मोडलमा विकास गर्न जरुरी छ । चितवनलाई आर्थिक राजधानी बनाउन हाम्रो अवस्थालाई बुझ्न जरुरी छ । चितवनलाई विकास गर्ने हो भने ठोरीको विकास गर्नुपर्छ । ठोरीको विकासबिना चितवनको विकास पूर्ण पनि हुँदैन । त्यसैले ठोरीमा नाका खोल्नै पर्छ । ठोरी केरुङ जोडिनै पर्छ । साँघुरिएर चितवनको विकासको कल्पना गर्नु हुँदैन ।
उत्तर दक्षिणका लागि ठोरी केरुङ लोकमार्ग, पूर्व पश्चिमबाट ३ वटा बाटो आउँदैछ । रेल पनि मध्यभागबाट जाँदैछ । सरकारसँग हाम्रो माग के छ भने चिवतनलाई हामी केन्द्रीय राजधानी, प्रदेशिक राजधानी बनाउनुस् भनेर माग गरेका छैनौँ । चितवनलाई आर्थिक राजधानी बनाउन पर्याप्त पूर्वाधार पनि छ ।
ठोरी अहिलेसम्म २ नम्बर प्रदेशमै छ । तपाइँले भनेको कुरा कसरी सम्भव छ त ?
ठोरी प्रदेश नम्बर २ मा भएर केही फरक पर्दैन । ठोरी ३ नम्बर प्रदेशमा भएको भए अलि सहज हुन्थ्यो, ३ नम्बर प्रदेशलाई पनि र समग्र देशकै लागि पनि । चीनले केरुङलाई अन्तर्राष्ट्रिय पोर्टको रुपमा विकास गरेजस्तै नेपालले पनि ठोरीलाई पनि अन्तर्राष्ट्रिय पोर्टको रुपमा विकास गर्नुपर्छ ।
अहिले भारतले बाघ संरक्षण गर्दै आइरहेको बाल्मिकी बाघ संरक्षण हटाएर फोर लेन बाटो, रेलको बडी लाईन आइरहेको छ । पश्चिम चम्पारण ठोरीमा नाका खोल्ने विषयमा सकारात्मक देखिन्छ । हाम्रो यस बिषयमा बिहारका मुख्यमन्त्री नितेश कुमारसँग पनि छलफल भएको थियो । दुई देशको विकास केन्द्रीय स्तरमा पनि अगाडि बढाइएको छ ।
सात बर्षदेखि यो मार्गको चर्चा चलेको छ । अब कहिलेसम्म यो मार्ग पूर्ण होला ?
कामहरु भइरहेका छन् । अलि सुस्त भएको छ । यो मार्ग बनाउँदा बस्तीलाई धेरै क्षति पनि पर्दैन । त्यसैले अबको ५ बर्षभित्र यसको काम पूरा हुन्छ ।
फेसबुक प्रतिक्रियाहरु