शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • दाङमा कांग्रेस, माओवादी र जनमोर्चाका करिब एक हजार कार्यकर्ता एमाले प्रवेश
समाचार

दाङमा कांग्रेस, माओवादी र जनमोर्चाका करिब एक हजार कार्यकर्ता एमाले प्रवेश

काठमाडाैँ ।

नेकपा एमालेका नेता शंकर पोखरेलको अगुवाइमा दशैँकै बीचमा कांग्रेस, माओवादी र जनमोर्चाका झण्डै एक हजार भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । दशैँको अवसरमा एक सातादेखि गृहजिल्लामा रहेका पोखरेलले करिब एक हजार नेता कार्यकर्तालाइ एमालेमा स्वागत गरेका हुन ।

विज्ञापन

यसैक्रममा दाङको भालुवाङमा आयोजित दशै मिलन कार्यक्रममा दुई सय भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । राप्ती गाउँपालिका वडा नम्बर १ को आयोजनामा भव्य कार्यक्रमबीच दशै मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको थियो।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनीका प्रथम मुख्यमन्त्री शंकर पोखरेल रहेका थिए । पोखरेलले साताव्यापी कार्यक्रमका क्रममा करिब एक हजारलाइ पार्टी प्रवेश गराएको एमाले दाङले जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस