On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चीनबाट किन आयो ओली र प्रचण्डलाई मिल्न दबाब ?
समाचार

चीनबाट किन आयो ओली र प्रचण्डलाई मिल्न दबाब ?

समाचार विश्लेषण । चिनियाँ राजदूत होउ यान्छीले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकतामा जोड दिइन् । उनले नामै तोकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिल्नुपर्ने बताएपछि राजनीतिवृत्तमा तरंग आएको छ ।

आइतबार नेपाल डाइलग फोरमको भर्चुअल कार्यक्रममा यान्छीले ओली र प्रचण्डको मिलनको विषय उठाउनुले नेपालको आन्तरिक मामलामा चीनले चलखेल गरेको तथ्यहरु थप उजागर भएको छ । त्यसो त तत्कालीन नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नै मिलाउन नेपाल आएको थियो । टोलीले ओली, प्रचण्डलगायत कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटेको थियो ।

विज्ञापन

चिनियाँ राजदूत होउ यान्छी नेपालका राजनीतिक दलका नेताहरुलाई धेरै भेट्ने कुटनीतिज्ञमध्ये पर्छिन् । उनी बेला बेलामा निवासमै गएर नेताहरुलाई भेट्छिन् । त्यसमाथि पनि कम्युनिस्ट पार्टीका नेताहरुलाई बढी भेट्छिन् । उनले नेकपा फुट्न नदिने निकै पहल गरेपनि सफल हुन सकिनन् । नेकपाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएको र एमाले फुटेर नेकपा एस बनेको अवस्थाका बाबजुद चीन कम्युनिस्ट पार्टी किन मिलाउन सक्रिय भएको छ ? यो चासोको विषय हुनसक्छ ।

विज्ञापन

चीन कम्युनिस्ट शासन भएको देश हो । वैचारिक रुपमा पनि नेपालका कम्युनिस्ट दलहरुसँग चीनको निकटता छ । त्यसमाथि पनि उनीहरु शक्तिमा छन् । कम्युनिस्टहरु एक हुँदा प्रतिनिधि सभामा बहुमतमा छन् । अर्कोतर्फ, चीनले कम्युनिस्टहरुप्रति बढी भरोसा गर्दै आएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टीहरुबीच विशेष सम्बन्ध छ । कोरोना कहर अघि नेपालका कम्युनिस्ट नेताहरुको चीन भ्रमण निकै धेरै भयो । चीनबाट पनि उच्च अधिकारी देखि कम्युनिस्ट पार्टीका नेताहरुको ओहोरदोहोर बाक्लियो । दुई पार्टीबीच संयुक्त प्रशिक्षण समेत भयो । नेपालमा कुनै विदेशी दलसँग संयुक्त प्रशिक्षण गर्ने नेकपा पहिलो दल भयो । त्यतिबेलाको नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

चीनले कम्युनिस्ट पार्टीबाहेक अन्य दलहरुलाई कमैमात्र विश्वास गरेको छ । नेपाली काँग्रेसको नेतृत्वको सरकार बनेलगत्तै चीनसँगको सीमा समस्याको विषय उठ्यो । सरकारी तहबाटै सीमा समस्याको अध्ययन गर्न टोली गठन भई काम बढ्यो । यसबाट चीन झस्किएको छ । चीनले चुनौती ठानेको भारत, अमेरिकालगायत देशहरुको सामना आफ्नो रणनीतिक स्वार्थ अनुसार गर्न पनि कम्युनिस्ट पार्टीहरुलाई भरोसायोग्य ठानेको छ ।

एमसीसीको पक्षमा नेपाली काँग्रेस खुल्दा कम्युनिस्ट पार्टीहरु विरोधमा देखिएका छन् । यसले पनि चीनलाई कम्युनिस्ट पार्टीहरुप्रति भरोसा जगाएको छ । चीनले नेपालमा आफ्नो बलियो प्रभाव बनाउन कम्युनिस्ट पार्टीहरुलाई नै भरोसायोग्य ठानेको देखिएको छ । राजदूत यान्छीले खुलेर कम्युनिस्ट पार्टी मिलाउने कुरा गर्नुको कारण यही हुनसक्छ ।

अर्को वर्ष नेपालमा आमनिर्वाचन हुने निश्चित छ । संविधान अनुसार पनि अर्को वर्ष चुनाव हुनुपर्छ । कम्युनिस्ट पार्टीहरु विभाजित अवस्थामा भएकाले चीन चिन्तामा छ । विभाजित हुँदा कम्युनिस्ट पार्टीहरुले चुनावमा ठूलो धक्का खान सक्ने बुझाई चीनको पनि हुनसक्छ । २०७४ को आमनिर्वाचनमा एमाले र माओवादी गठबन्धन बनाएर चुनाव लड्दा बहुमत ल्याएका थिए । उनीहरुलाई मिलाउन चीनले नै भूमिका खेलेको खुल्दै गएको छ । अब फेरि दुवै शक्तिलाई मिलाउन चीन खुल्न थालेको छ ।

चीनले एकातर्फ नेपालसँगको सीमामा कडाई गर्दै लगेको छ । सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै लगेको छ । मुख्य नाकाहरुमा कडाई गरेको छ । निर्यात गर्न दिएको छैन । आयातमा पनि कडाई गरेको छ । यो एक प्रकारको नाकाबन्दी जस्तै अवस्था हो ।

अर्कोतर्फ, चीन नेपालमा आफ्नो प्रभाव बढाउन खुलैरै लागेको छ । आफू अनुकूलको अवस्था निर्माण गर्न सक्रिय देखिन्छ । तत्कालीन नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँगको प्रशिक्षण, नेकपामा विवाद बढ्दा चिनियाँ टोलीको नेपाल भ्रमण र भूमिका हुँदै चिनियाँ राजदूत यान्छीको कम्युनिस्ट पार्टीहरु बलियो बनाउन केन्द्रित सक्रियताले पनि त्यही देखाउँछ । नेपालमा कम्युनिस्ट पार्टीहरु मजबुत हुँदा नै आफ्नो रणनीतिक स्वार्थ पूरा हुनसक्ने बुझाईका आधारमा चीन नेपाल मामलामा प्रस्तुत हुनुले देशको राजनीतिमा नयाँ घटनाक्रमहरु विकास हुने देखिन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस