शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • राशिफल : २०७८ साल आश्विन २७ गते बुधबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
पत्रपत्रिका

राशिफल : २०७८ साल आश्विन २७ गते बुधबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

वि.सं.२०७८ साल असोज २७ गते । बुधबार । ईश्वी सन् २०२१ अक्टोबर १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– अष्टमी,बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्वांषाढा, दिउसो ०२ बजेर ५३ मिनेट उप्रान्त उत्तराषाढा । योग– अतिगण्ड,बिहान ११ बजेर २६ मिनेट उप्रान्त सुकर्मा । करण–भद्रा,दिउसो १२ बजेर ४५ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु, बेलकी ०८ बजेर ३३ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २८ घडी ५१ पला । बुधाष्टमीव्रत,महाअष्टमीव्रत,कालरात्रिस गोरखकाली पूजा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

विज्ञापन

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

विज्ञापन

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धीमा चित्त बुझाउनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आय आर्जन बढाउन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतीमा बिवाद आउने योग रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिभाको उच्च मुल्यांकन हुनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) यात्राका निम्ति चाहिने कागजातहरु बनाउँन सकिनेछ भने कामको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । बिदेसमा बसेर श्रम तथा शक्ति खर्च गर्नेहरुका लागि आजको दिन लाभदायक हुनेछ । प्रेम प्रशङमा एक अर्काबिच कुरा बाजिय पनि अन्तत एक अर्काको भावना बुझेरै अगाडि बढ्न सकिनेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

साप्ताहिक राशिफल हेर्नुहोस : असोज २४ गते आईतबारदेखी असोज ३० गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुनालेमन प्रशन्न हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ नयाँ काम गर्ने अवसरहरु आउँनेछन् । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । इच्छित सामानहरुको उपभोग गर्न पाईने हुनालेमन प्रशन्न हुनेछ भने दिल खोलेर सहयोग गर्नेहरु भेटिनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सोमबार साझसम्मको समय मध्ययम रहेकोले आर्थिक अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । सोमबार बेलुकाबाट समय सुधार हुने हुनालेआफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुनालेनतिजा तपाईकै पोल्टोमा पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । रोजगारिका अवसर सिर्जना हुने तथा बढुवा हुने योग रहेको छ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । सोमबार साझबाट समय मध्ययम रहेकोले गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा अबिश्वास बढ्न सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । बिहिबारदेखि समय पुनह तपाईकै पक्षमा आउँने हुनालेअध्ययन तथा अध्यापन पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्न सक्नेछन् । पुराना तथा आत्मिय मित्रहरु सँगको भेटघाटले दिन रंगिन बन्नेछ । धर्म,सस्कृति तथा रितिरिवाज जोगाउँने कार्यमा समय खर्चनु पर्ने हुनसक्छ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सोमबार साझसम्मको समय मध्ययम रहेकोले सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । सोमबार बेलुकाबाट समय तपाईकै पक्षमा आउँने नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउँन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । पढाई लेखाईमा राम्रो प्रगति गरि पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । बिहिबारबाट पुनह समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुन सक्छ । निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो दुरिको व्यावसायिक यात्रा हुने भएपनि उपलब्भि भने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट पनि थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक सकर्थन पाईनेछ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ । बिहिबारबाट समय राम्रो रहेकोले बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुनालेनयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता हात लाग्नेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । हप्ताको अन्तमा रमाईलो व्यावसायिक यात्रा गर्न सकिनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,त) आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु सक्रिय भएर लाग्नेछन् । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको भनेजस्तो समर्थन नपाउँदा मानशिक तनाब बढ्नेछ । बिहिबारबाट समय राम्रो रहेकोले पढाई लेखाईमा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउँनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । सत्रु परास्त गर्दै न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । बिहिबारबाट समय मध्ययम रहेकोले ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । हप्ताको अन्तमा परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य तथा पेट सम्बन्धि समस्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुने हुनालेआफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुदा मन प्रशन्न रहनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुने हुनालेजीवन शैलिमा उल्लेख्य सुधार आउँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । कमर्शियल निर्णयहरु धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ भने सामाजिक कामहरु गर्दा होस गर्नुहोला मान सम्मानमा दाग लाग्न सक्छ । बिहिबारबाट समय राम्रो रहेकोले बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । प्रेम सम्बन्धहरु पहिलेकै अवस्थामा सुचारु हुनेछन् भने पढाई लेखाईमा सुधार भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) यो साता मध्ययम रहेकोले अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुनालेतपाईको कमजोरिको अरुले फाईदा उँठाउँन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला । आर्थिक रुपमा सबल हुनका लागि चालिएका कदमहरु कमजोर रहने हुनालेमानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुदा दिगो काम गर्ने अवसर गुम्नेछ । समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनालेआर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । हप्ताको मध्यतिर लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सोमबार साझसम्मको समय मध्ययम रहेकोले नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्ष हरुबाट आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । सोमबार बेलुकाबाट समय राम्रो रहेकोले आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । सरकारि धन सम्पति तथा पैत्रिक धन हातलागि हुनेछ । आत्मिय मित्रहरु सँग भेटघाट हुने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनालेमन प्रशन्न रहनेछ । बिहिबारबाट पुनह समय मध्ययम रहेकोले अन्य क्षेत्र खासै राम्रो नभएपनि लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । माया प्रेममा यो हप्ता सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस