शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमाले रोल्पा जिल्ला सदस्यहरु नै माओबादी केन्द्रमा प्रवेश
समाचार

एमाले रोल्पा जिल्ला सदस्यहरु नै माओबादी केन्द्रमा प्रवेश

काठमाडौं । रोल्पामा नेकपा एमालेका जिल्ला सदस्यहरुसहित ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रोल्पा इञ्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले नवप्रवेशीलाइ अबिरावरण गरि माओवादी केन्द्रमा प्रवेश गराएका हुन।

विज्ञापन

यसरी प्रवेश गर्नेहरुमा एमालेका जिल्ला सदस्य तथा साविक नुवागाउँ गाविसका निर्वाचित अध्यक्ष शान्तराज बोहरा, जिल्ला कमिटी सदस्य टेकबहादुर घर्ती मगर, त्रिवेणाी गाउँपालिका सदस्य ङनमानसिङ बुढा मगर लगाएत रहेका छन् ।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथि पुनले जनताको लागि इमान्दारीपूर्वक काम गर्दै आएका पुराना नेताहरुको प्रवेशले त्रिवेणी गाउँपालिका र समग्र रोल्पाको राजनीतिमा थप सकारात्मक उर्जा प्राप्त हुने बताए ।

नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका बोहराले एमालेमा बसेर ३२ बर्षसम्म त्याग र समर्पण अब माओवादी केन्द्रबाट प्रयोग गर्ने बताए । आफै निरन्तर जनताको सेवामा लाग्ने अटोठ व्यक्त गर्दै एमालेबाट अब अग्रगमनको नेतृत्व हुन नसक्ने भएकाले सो पार्टी छाडेको बताउएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस