शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • ओलीले मुलुकलाई पछाडि फर्काउन खोजे : अध्यक्ष प्रचण्ड
पत्रपत्रिका

ओलीले मुलुकलाई पछाडि फर्काउन खोजे : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गरिने बताएका छन् । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्य विनायकमा आयोजना गरेको भक्तपुर विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेको समयमा देशको सबै समस्या हल गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरे ।

अध्यक्ष प्रचण्डले पार्टीमा क्रान्तिकारी चरित्र र कार्यशैलीमा ह्रास आउन खोजे पनि प्रतिगमनकारी आन्दोलनमा पार्टीले खेलेको भूमिकाका कारण जनताको मनमा देशलाई माया गर्ने पार्टी माओवादी केन्द्र रहेछ भन्ने विश्वास जागेको बताए ।

विज्ञापन

प्रचण्डले पछिल्लो समयमा हरेक पार्टीको समस्या समेत हल गर्ने पार्टी माओवादी केन्द्र भएको बताए । उनले पार्टीप्रति जनमत बनाउन वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिए।

विज्ञापन

बिचमा जनताको मुद्धा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिगमन विरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरी विश्वास गरेको भन्दै उनले देश र जनताको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र नै भएको जनताले फेरी बुझेको प्रचण्डले बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस