शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरकी मेयर रेनुद्धारा ८४ शिक्षक सम्मानित
Breaking News

भरतपुरकी मेयर रेनुद्धारा ८४ शिक्षक सम्मानित

भरतपुर ।  एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनले स्वेच्छिक अवकाश र गोल्डेन हेन्चेक लिएर निवृत भएका शिक्षकलाई सम्मान गरेको छ ।

संगठनको शनिबार भरतपुरमा भएको दोस्रो ऐतिहासिक नगरपरिषदमा निवृत्त शिक्षक लगायत संगठनलाई लामो समयदेखि योगदान पु¥याएका ८४ जनाशिक्षकतथाकार्यरत प्रधानाध्यापकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षकहरुलाई दोसल्लाओढाएर सम्मान गरेकी थिइन् ।

विज्ञापन

कार्यक्रममा स्वेच्छिक अवकाशलिएका १८ जना, गोल्डेन हेनचेक होल्डर ३२ जना, प्रअबाट निवृत्त ११ जना, नयाँप्रअभएका १० जना र संगठनमा विशिष्ट योगदानदिने ६ जना शिक्षकहरुलाई सम्मानपत्रले सम्मान गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हरिशचन्द्र सुवेदीले जानकारी दिए ।

विज्ञापन

कार्यक्रममा लामो समयदेखि प्रधानाध्यापकका रुपमाकार्यरत एकीकृत अखिल नेपालशिक्षक संगठनका वागमतीप्रदेश महिलाविभागइन्चार्ज गायत्री शर्मालाई पनि सम्मान गरिएको थियो । शिक्षक संगठनका महानगर अध्यक्षअर्जुनप्रसादभट्टको सभापतित्वमाभएको कार्यक्रममा वागमती प्रदेश सांसद एवम् नेकपा माओवादी केन्द्र चितवनका सहइन्चार्ज घनश्याम दाहाल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष यमबहादुर परियार, वागमती प्रदेश महिला इन्चार्ज गायत्रीशर्मा, विश्व शिक्षक महासंघ आर्थिक नियन्त्रण समितिका केन्द्रीय सदस्य ऋषिराम चापागाईं, संगठनका जिल्ला अध्यक्ष हरिशचन्द्र सुवेदी, सल्लाहकार टेकबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस