शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा पोलको भाडा नबुझाउने इन्टरनेट कम्पनीको तार काटियो,अधिकांस क्षेत्रमा इन्टरनेट अबरुद्ध ग्राहक मारमा
समाचार

चितवनमा पोलको भाडा नबुझाउने इन्टरनेट कम्पनीको तार काटियो,अधिकांस क्षेत्रमा इन्टरनेट अबरुद्ध ग्राहक मारमा

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर भाडा नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काटिएको छ । भाडा तिर्ने सम्झौता गर्ने तर भाडा तिर्ने अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

विज्ञापन

शनिवार भरतपुरको बसेनी क्षेत्र, बसेनी सबस्टेशन अगाडि ,विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि इन्टरनेटको तार सांकेतिक रुपमा काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिनुभयो । उहाँले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको बताउनुभयो । तार काटिएपछि  चितवनका विभिन्न क्षेत्रमा इन्टरनेट अबरुद्ध भएको छ ।

विज्ञापन

‘प्रत्येक पोलमा कुन कम्पनीको तार छ भन्ने ट्याग हुनुपर्छ । तर कुनैपनि कम्पनीले आफ्नो ट्याग राखेको छैन । मनपरी गरिएको छ’, प्रमुख सिंहले भन्नुभयो ।’ उहाँले सांकेतिक रुपमा गरिएको कारवाहीपछि पनि अटेर गरे हप्ता÷दश दिनपछि झन् कडाइका साथ प्रस्तुत हुने बताउनुभयो । भरतपुर वितरणकेन्द्रबाट इन्टरनेट प्रदायक कम्पनीको १ करोड बढिको सामान जफत गरिएको छ । पैसा नतिरेसम्म सामान फिर्ता नगरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो । प्राधिरणले उपलब्ध गराएको समयसम्ममा पनि सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट तार काटिएको प्राधिकरणले जनाएको छ ।

हरेक इन्टरनेट सेवा प्रदायकको एक–एकवटा प्वाइन्टमा सांकेतिक रूपमा तार काटेका छौं, एक साता पर्खिँदा पनि भाडा नतिरेको खण्डमा काट्ने दरलाई बढाएर दुई वा सोभन्दा बढी प्वाइन्टमा काट्दै लैजान्छौं,’प्राधिकरणले भन्यो, ‘दुई महिनाभित्र यसलाई टुंग्याउनुपर्छ, अरु थुप्रै काम छन्, यसमा मात्र अल्झेर बस्ने समय छैन । प्राधिकरणले देशभर प्राधिकरणको संरचना प्रयोग भएको ठाँउ सबैमा तार काटिएको जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस