शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमा उपमहासचिव पद कायम राख्न सुझाव
समाचार

एमालेमा उपमहासचिव पद कायम राख्न सुझाव

काठमाडौं नेकपा एमालेका प्रतिनिधिले उपमहासचिव राख्न पर्ने सुझाव दिएका छन्। उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा उप महा
सचिव हटाउने प्रस्ताव गरिएको हाे। नवौं महाधिवशेनको विधानमा २ उपमहासचिवको व्यवस्था छ। जस अनुसार पौडेल र घनश्याम भुसाल उपमहासचिव छन्। प्रस्तावित विधानमा १ अध्यक्ष,

५ उपाध्यक्ष, १ महासचिव, ६ सचिव गरी १३ पदाधिकारीको व्यवस्था गरिएको छ। कर्णाली प्रदेशतर्फ समुहगत छलफलपछिको सुझाव प्रस्तुत गर्दै टोली नेता गोरखबहादुर बोगटीले ७ उपाध्यक्ष र उपमहासचिव कायम राख्नु पर्ने सुझाव दिएका छन्। उपाध्यक्षको संख्या प्रदेशको आधार हुनुपर्ने सुझाव हलबाट आएको छ। अधिकांशले ७ जना उपाध्यक्ष हुन पर्ने सुझाव दिएका छन्। कसैले ६, कसैले वरिष्ठसहति ७ उपाध्यक्षको व्यवस्था गर्नु पर्ने सुझाव दिएका छन्। भुगोल र उत्पिडनलाई मध्य नजर गर्दै सबै तहका कार्यकारी पदमा प्रतिनिधित्वको वैधानिक सुनिश्चितता गर्नु पर्ने कर्णालीको सुझावमा उल्लेख छ। उमेरको हदसँगै युवा नेतृत्वलाई नेतृत्व पुग्ने प्रणालीको पनि सुनिश्चितता गर्नु सुझाव दिएको कर्णालीका प्रतिनिधि नगिन्द्र शाही ‘नेसनल’ले जानकारी दिए। प्रत्येक कमिटीमा समावेशिताको वैधानिक व्यवस्था लागू भए नभएको आधारमा कमिटीको मुल्यांकन,नियमन र नियन्त्रण गर्ने व्यवस्थाको सुनिश्चितता हुनुपर्ने सुझाव हलबाट आएको छ। १० वटा समुहमा सहुगत छलफलपछि टोली नेताले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव पौडेलको विधान संशोधन प्रस्तावमा प्रतिवेदनमा सुझाव दिएका छन्।

विज्ञापन

राणा त छैनन् तर जनताले हुकुमी शासन भोग्नु परेको छ : विप्लव
काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गणतन्त्र नामको शासन मात्रै भएको दाबी गरेका छन्। शनिबार बनेपामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले नेपाली जनताले हुकुमी शासन भोग्नु परेको बताएका हुन्।‘अहिले राणा त छैनन्। तर, नेपाली जनताले हुकुमी शासन भोग्नु परेको छ। अब फेरि विद्रोह गर्नुपर्छ। हामी अलमलिनु हुँदैन।’ उनले भने, ‘गणतन्त्र नामको शासन छ। तर, नेपाली जनतामा कुनै परिवर्तन छैन। मजदुरहरुले भनेको तलब पाएका छैनन्। ’

विज्ञापन

वर्तमान सत्ताले जनताको प्रतिनिधित्व नगरेको उनले बताए। विप्लवले भने, ‘यो सत्ताले जनताको आवाज सुनेको छैन। नेपालका युवाहरुलाई अरबको मरुभूमिमा फसाइन्छ। नेपालका युवाहरुले विदेशका गल्लिमा दासत्वको जीवन विताउनुपर्ने बाध्यकारी स्थिति छ।’विप्लवले एमाले,काग्रेंसका नेताहरुले मेनपावर चलाएर युवाहरुलाई विदेश पठाएको बताए। उनले भने, ‘हामी स्वतन्त्र चाहन्छौं। कथित लोकतन्त्रमा नेपालका युवाहरु बेचिनुपरेको छ। यसका विरुद्ध उत्रिन जरुरी छ।’

उनले विद्रोह गर्नका लागि बम दिमागमा हुनुपर्ने बताए। विप्लवले भने, ‘गलत ढंगले शासन गर्न खोजियो भने पहिलो आवाज उठ्छ, अनि मुठ्ठि उठ्छ, झण्डा उठ्छ मानिएन भने बम पनि उठ्छ। ’ जनयुद्धको बलमा गणतन्त्र स्थापना भएको बताए। उनले कोरोनाका कारण जनातालाई कार्यक्रममार्फत तीन बुँदे के हो बुझाउन खोजेपनि नसकिएको स्पष्ट पारे। उनले सरकारले इमान्दारीपूर्वक सम्झौता कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस