शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अब सूर्य चिन्ह नोकिया फोनजस्तै हराउँछः रामकुमारी झाँक्री
समाचार

अब सूर्य चिन्ह नोकिया फोनजस्तै हराउँछः रामकुमारी झाँक्री

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमार झाँक्रीले विचारविहीन एमाले निर्वाचनपछि पतनको बाटोतर्फ जाने दावी गरेकी छीन्।

उनले एमालेको सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हराएर जाने बताएकी छन।

विज्ञापन

झँक्रीले अगाडी थपिन्, ‘क्रान्तिकारी पार्टी ठूला तानाशाहको प्रतीमा र सालिकबाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि सद्दाम हुसेनको शासन टिक्ने थियो।’

विज्ञापन

विश्वका डरलाग्दा तानाशाह मुसोलोनीको शासन र अग्ला सालिक समेत ढलेकाले केपी ओलीको तामझाम दुईचार दिनमात्रै रहने भन्दै उनले एमालेको विधान भेला पूर्वपञ्चको भेला जस्तै भएको बताइन्।

इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनमा बोल्दै झाँक्रीले दक्षिणपन्थी भासमा पसेर संविधान मास्ने ओलीको गान गाउने र ठूला फोटामुनि फोटो खिच्ने विचारविहीन व्यक्तिहरू मात्रै भएको आरोप लगाइन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस