सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • ओलीभक्तिले एमाले समाप्त हुने खतरा बढ्यो : घनश्याम भुसाल
समाचार

ओलीभक्तिले एमाले समाप्त हुने खतरा बढ्यो : घनश्याम भुसाल

Renu Dahal

काठमाडौं।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तिले नेकपा एमाले समाप्त हुने खतरा बढेको बताएका छन्।

विज्ञापन

शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भुसालले यस्तो बताएका हुन्।

विज्ञापन

उनले फेसबुकमा लेखेका छन्, ‛नेकपा एमालेको जीवनशक्ति सामुहिकता र संगठनात्मक प्रणाली थियो। त्यसलाई बचाउन सकिएन भने अरू कुनै चीजले हामीलाई बचाउन सक्दैन। यति कुरा बुझ्न सक्यौं भने हामीलाई कसैले हराउन सक्दैन।’

शुक्रबारदेखि नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ। एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको नीति र विधिमा मात्रै केन्द्रित भएर एमालेले पहिलो पटक विधान महाधिवेशन आयोजना गरेको हो।

३ दिनसम्म चल्ने महाधिवेशनको दोस्रो दिन आज शनिबार समूहगत छलफल हुने र तेस्रो दिन आइतबार प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफसहित महाधिवेशन समापन हुनेछ।

महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका छन्। एमालेको नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन भने आगामी मंसिर दोस्रो साता तोकिएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस