शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको छ: पूर्वयुवराज्ञी हिमानी शाह
समाचार

राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको छ: पूर्वयुवराज्ञी हिमानी शाह

पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन्।

शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताएकी हुन्।

विज्ञापन

उनले आय आर्जनको लागि अब दीगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरूको गरिबी निवारण गर्नुपर्ने बताइन्।
युवा र महिलाहरूलाई गरिबी निवारण गर्नको लागि नयाँ तौरतरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्वयुवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताइन्।

विज्ञापन

उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताइन्।

उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरूले नजरअन्दाज गर्न नसक्ने बताइन्।

पूर्वयुवराज्ञी शाहले भनिन्, ‘नेपाली हुनुको नाताले अब समय आयो सबै एक भएर सोचौं, मनन गरौं कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौं, आय आर्जनको लागि दीगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी सोमार्फत् युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्य मध्येको एक हो, यसको लागि नवीन परिवर्तनात्मक तौरतरिकाको खोज अन्वेषण आवश्यक छ, सम्पूर्ण नेपालीहरूलाई निश्चित समयभित्र कोरोनाविरूद्धको खोपको सुनिश्चित गर्न आवश्यक छ, कृषि क्षेत्रमा रहँदै आएका, किसानले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनको लागि हरित प्रयोग, नेपाल र नेपालीको लागि स्थानीय लक्ष्य, नेपाली वन, नेपाली वस्तु किन भन्ने जस्ता नाराहरू आज अझ बढी यथार्थ भएको छ, प्रतिभा पलायन र ज्ञान, सीप एवं क्षमताबीचको दूरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौं, न त यो स्थितिलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ।’

पूर्वयुवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन्। उनले मुलुकको सेवा गरेमात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत गरिरहनुपर्ने बताइन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस