शुक्रबार, कार्तिक ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित
समाचार

माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

साफ च्याम्पियनसिप-२०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो ।

नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरे ।

 

विज्ञापन

उनले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गरेका हुन् । यस नतिजापछि नेपालको तीन अंक भएको छ र बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्तत: यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए ।

 

इब्राहिम हसनको हेडलाई किरणले रोकेका थिए । यस्तै अञ्जन विष्टले ६५ औं मिनेटमा प्रहार गरेको बल शक्तिशाली रहेन र एउटा मौका गुमेको थियो । मालेस्थित नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेका थिएनन् ।

खेलको २३ औं मिनेटमा नवयुग श्रेष्ठले अञ्जन विष्टको पासमा गरेको हेड शक्तिशाली रहेन र माल्दिभ्सका गोलरक्षक मोहम्मद फैसलले सजिलै जोगाए । माल्दिभ्सले केही आक्रमणमा नेपाली गोलरक्षक किरण लिम्बूलाई दबाबमा राखे पनि डिफेन्डिङ च्याम्पियन त्यसमा सटिक देखिएन । यसअघि प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान
समाचार
प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान

काठमाडौं। पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीशलाई प्रतिनिधीसभाले महाभियोग लगाउनुपर्नेसम्मको आह्वान गरेको छ। पूर्वन्यायाधीशहरूको संगठन ‘पूर्वन्यायाधीश फोरम, नेपाल’ले आज एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यसम्पादनले न्यायिक नेतृत्वप्रति जनमानसमा शंका उत्पन्न भएको टिप्पणी गर्दै महाभियोगसम्म जानुपर्ने संकेत गरेको हो। विज्ञापन ‘सर्वोच्च अदालतद्वारा सर्वोच्च अदालत उपर नै अन्तरिम आदेश जारी हुनु, न्यायिक मान्यताविपरीत त्रुटिपूर्ण अन्तरिम आदेश बेलैमा […]

  • १ hour अगाडि

भर्खरै

सिफारिस