शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नयाँ ढंगको जनयुद्ध गर्न तयार छु : अध्यक्ष ‘प्रचण्ड’
समाचार

नयाँ ढंगको जनयुद्ध गर्न तयार छु : अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ ढंगको जनयुद्ध गर्न तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा सपनाको पाण्डूलिपी गिती संग्रह’ विमोचन कार्यक्रम गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिरबाट आफूलाई घेरबन्दीमा पार्न खोजिएको भन्दै आवश्यक परे नयाँ ढंगको जनयुद्ध गर्न तयार रहेको बताएका हुन् ।

विज्ञापन

उनले अहिले नै हतियार उठाउने वा भूमिगत हुने नसोचेपनि नयाँ ढंगको जनयुद्धको खोजी भइरहेको धारणा राखे । प्रचण्डले लाखौ जनता माओवादीसँग उत्रिए अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने बताए ।

विज्ञापन

उनले माओवादी नेतालाई एउटै मञ्चमा तत्काल नबोलाउन आग्रह पनि गरे । यसरी एउटै मञ्चमा बोलाउँदा पुनः पार्टी एकता हुन लागेकाले धक्का पुग्न सक्ने उनले बताए । प्रचण्डले जनयुद्ध लडेका सवै नेताहरुले रियलाइज गरेपछि अन्तिममा सबै एकै ठाँउमा भेट हुनसक्ने जिकिर गरे ।

कार्यक्रममा जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वमाओवादीबीच कार्यगत एकता हुनसक्ने भएपनि एउटै ठाँउमा बस्ने भने सम्भव नभएको धारणा राखे । उनले पार्टी एकताका लागि विचार, सिद्धान्त, संगठनात्मक तथा तत्कालीन र दीर्घकालीन कुरा मिल्नुपर्ने बताए ।

अग्रगामी शक्तिहरु प्रतिगमकाबिरुद्ध एक भएर सहकार्य गर्ने र चूनावी तालमेल गर्नुपर्ने उनको भनाइ छ । जनयुद्ध अध्ययन प्रतिष्ठानको आयोजनामा प्रगतिवादी कवि गीतकार तथा संगीताका दिलीपकुरमा श्रेष्ठद्वारा रचित सपनाको पाण्डुलिपी गीतिसंग्रह बिमोचन गरिएको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस