शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीको प्रतिवेदनमाथि इश्वर पोखरेलको काउन्टर
समाचार

ओलीको प्रतिवेदनमाथि इश्वर पोखरेलको काउन्टर

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि पार्टीका महासचिव इश्वर पोखरेलले काउन्टर गरेका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनमा ओली समूहकै नेता पोखरेलले ओलीकै प्रतिवेदनमाथि काउन्टर गरेका हुन् ।

अध्यक्ष ओलीको प्रतिवेदनमा भएको ७० वर्षे उमेर हद हटाउने प्रावधान ठिक नभएको पोखरेलले बताएका छन् । आफ्नो प्रतिवेदन प्रस्तुत गरिरहेका पोखरेलले ओलीको प्रतिवेदनमा भएको उमेर हदबारे छुट्टै व्याख्या गरेका छन् ।

विज्ञापन

महासचिव पोखरेलले पार्टीमा दुई पटक मात्रै कार्यकारी पदमा लड्न पौने ब्यबस्था गर्नुपर्ने र ७० वर्षे उमेर हद कायम गर्नुपर्ने बताएका छन्। उनको आफ्नो प्रतिवेदन बाचन गर्ने क्रममा यस्तो बताएका हुन् ।

विज्ञापन

पार्टी अध्यक्षको दौडमा रहेका पोखरेलले यसअघि नै आफू पार्टी हाक्न तयार रहेको जनाएका थिए । उनले पत्रकार सम्मेलन नै गरेर आफू अध्यक्षको प्रत्यासी रहेको बताएपछि ओलीसंगको सम्बन्ध चिसिएको चर्चा चलेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस