On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रचण्ड पूर्वमाओवादी एक बनाउन केन्द्रित
समाचार

प्रचण्ड पूर्वमाओवादी एक बनाउन केन्द्रित

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रकारको एकतामा केन्द्रित भएका छन् । उनले पूर्वमाओवादीलाई एक ढिक्का बनाउने प्रयास थालेका छन् । जसको खुलासा यसै हप्ता गरिसकेका छन् ।

विज्ञापन

प्रचण्डले पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण, गोपाल किराँतीलगायतसँग एकताको पहल थालेका हुन् । प्रचण्डले सबै सँग एकताका लागि छलफल बढाएका छन् । उनले काभ्रेमा बोल्दै यसै हप्ता भने, ‘हाम्रो छलफल चलिरहेको छ । विप्लवजी, किरणजीसँग छलफल चलिरहेको छ । बाबुराम र उपेन्द्रजीसँग गठबन्धनमा छौं । मोहनविक्रम सिंहसँग छलफल चलिरहेको छ ।’ छिट्टै एउटा केन्द्र बनाउन लागेको समेत बताए ।

विज्ञापन

अहिले प्रचण्डले एकता गर्न खोजेको शक्तिहरु सबै कडापन्थी कम्युनिस्टहरु हुन् । उनीहरुलाई समेटेर उनी बलियो शक्ति बन्नेतर्फ बढ्न खोजेका छन् । त्यसमा जसपलाई पनि समेट्ने उनको रणनीति देखिन्छ । जसपासँग कम्तिमा चुनावी कार्यगत एकता प्रचण्डको उद्देश्य देखिन्छ ।

सुरुमा पूर्वमाओवादी मिलाउने र त्यसपछि मोहन विक्रम सिंहलगायतसँग पनि मिलेर जाने उनको योजना देखिन्छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पनि विगतमा माओवादीसँग जोडिएका हुन् । यसकारण पनि प्रचण्ड पूर्वमाओवादीलाई मिलाएर जान खोजिरहेका छन् ।

माओवादी विगतमा एकढिक्का हुँदा सशस्त्र जनयुद्धबाट शक्ति आर्जन गरेको थियो । शान्ति प्रक्रियामा आएपछि माओवादीले पहिलो संविधानसभा चुनावमा उल्लेख्य सफलता हासिल गरेको थियो । प्रचण्डमा यही अवस्था पुनरावृत्त गर्ने चाहना बढेको देखिन्छ ।

प्रचण्डले पछिल्लो समय आफूहरु बहुमत ल्याउने उद्देश्यका साथ लागेको बताएका छन् । उनको यो भनाई अर्थपूर्ण छ । प्रचण्डले विस्तारै विभिन्न कम्युनिस्ट घटकलाई एकढिक्का बनाउँदै जान खोजेका छन् । कतिपय शक्तिसँग सहकार्यको पहल थालेका छन् । यसबाट उनी महत्वाकांक्षी एकतामा सक्रिय भएको देखिदैछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस