शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुँगो लगाए, को-को जाँदैछन ? (नामसहित)
समाचार

माधव नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुँगो लगाए, को-को जाँदैछन ? (नामसहित)

काठमाडौं।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने पार्टीका नेताहरुको नाम टुँगो लगाएका छन् । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ ।

विज्ञापन

मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर हिजो बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए । अहिले साँझसम्म उनले ६ जनाकै नाम टुँगो लगाएका हुन् । नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन् ।

विज्ञापन

खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ । प्रधानामन्त्री शेरबहादुर देउवाले सकेसम्म भोलि नै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै फिर्ता लिने तयारीसमेत गरेको छ । त्यसको लागि अहिले मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस