सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • तनहुँमा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को एकै पटकमा ३५० जनाले गरे पार्टी प्रवेश
समाचार

तनहुँमा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को एकै पटकमा ३५० जनाले गरे पार्टी प्रवेश

काठमाडौं ।

 

विज्ञापन

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा काँग्रेस र एमाले परित्याग गरी एकै पटक ३५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

विज्ञापन

 

शुक्लागण्डकी– १२ का वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा उक्त संख्याका कार्यकर्ताहरु पुरानो पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

 

वडा कमिटी सदस्यहरु क्या।सोमबहादुर गुरुङ, बिगत १७ बर्ष देखि गाउँकमिटी सदस्य हुदै हाल वडा कमिटी सदस्य बन्नु भएका रेमबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, खुमप्रसाद गुरुङ, छविलाल गुरुङ लगायतका पदाधिकारीहरु पार्टी प्रवेश गरेका हुन् ।

 

 

पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देब गुरुङले टीका लगाएर उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

 

एकै पटक काँग्रेस र एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शुक्लागण्डकी–१२ मा ठुलो धक्काको महसुस भएको बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २0 घन्टा अगाडि

भर्खरै

सिफारिस