शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सुर्खेतमा संगठन चुस्त बनाउँदै माओवादी केन्द्र , आगामी निर्वाचनमा पहिलो नम्बरको पार्टी हुने दाबी
समाचार

सुर्खेतमा संगठन चुस्त बनाउँदै माओवादी केन्द्र , आगामी निर्वाचनमा पहिलो नम्बरको पार्टी हुने दाबी

सुर्खेत।

 

विज्ञापन

सुर्खेतमा नेकपा माओवादी केन्द्रले संगठन विस्तार लगायतका गतिविधि बढाएको छ। नेकपा विभाजनपछि पार्टीको निर्देशन अनुसार पार्टी कार्यालय विस्तार, सदस्यता नवीकरणजस्ता गतिविधिहरू माओवादी केन्द्रले अगाडि बढाएको हो।

विज्ञापन

 

वीरेन्द्रनगर नगरपालिकाका ७ वटा वडामा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको छ। माओवादी केन्द्र वीरेन्द्रनगरका इन्चार्ज दानसिंह सुनारका अनुसार वीरेन्द्रनगरका १, ३, ५, ६, ७, १२, र १४ वडामा पार्टीका वडा कार्यालय स्थापना गरिएको छ। अन्य वडा तहमा पनि कार्यालय विस्तारको काम भइरहेको उनले बताए।

 

वीरेन्द्रनगरमा पार्टीका ८ सयभन्दा बढी सदस्यको सदस्यता नवीकरण गरिएको पनि उनले बताए। ‘वीरेन्द्रनगरमा हाम्रो पार्टीको एक हजार ४ सय बढी सदस्यता नवीकरण गरिने अनुमान गरिएको छ। २० गतेसम्म वडा तहको सम्मेलन गरिसक्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘पार्टीभित्र ६ महिना देखि एक वर्षसम्मको अवधिमा साधारण सदस्यता लिएकाहरूको पनि नवीकरण गरिएको छ।’

 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर (सुदिप) मल्लले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो नम्बरको पार्टी बन्ने बताए। ‘अब एमाले दुई टुक्रा भइसकेको छ, काँग्रेसभित्र पनि आन्तरिक कलह छ,’ उनले भने, ‘त्यसैले माओवादी केन्द्र नै पहिलो पार्टी बन्छ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस