शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमा उमेरहदः यसपालि ओली नरोकिने, अर्को महाधिवेशनमा धेरैको बाटो छेकिने
समाचार

एमालेमा उमेरहदः यसपालि ओली नरोकिने, अर्को महाधिवेशनमा धेरैको बाटो छेकिने

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आइतबार पार्टीमा ७० वर्षे उमेरहद कायम रहने बताएका छन्।

विधान संशोधन प्रस्तावमाथि छलफल गर्न शुक्रबार बनेको दस वटा समूहले उमेरहद कायम राख्न दबाब दिएपछि उनले यस्तो बताएका हुन्।

विज्ञापन

समूहगत रुपमा उठेका प्रश्नको जवाफ दिँदै आइतबार पौडेलले भने, ‘७० वर्षे उमेर हद कायम राखिनेछ।’

विज्ञापन

पौडेलले भनेझैँ एमालेमा उमेरहद कायम राखियो भने अध्यक्ष केपी ओलीसहित दोस्रो पुस्ता भनिएकासमेत थुप्रै नेताहरुका लागि आउँदो महाधिवेशन अन्तिम कार्यकाल बन्नेछ।

मंसिरमा दसौँ महाधिवेशनको मिति तय गरेको एमालेले असोज १५ देखि १७ सम्म विधान महाधिवेशन राखेको छ।

एमालेको विधान मस्यौदाको धारा ८३ मा ७० वर्ष उमेर पुरा नभएको नेता मात्रै कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन पाउँछन्।

असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनले यसलाई अनुमोदन गर्नेछ। एमालेले पार्टी जीवनमा पहिलो पटक विधान महाधिवेशन गर्न लागेको हो।

त्यसअघि उमेरहद हटाइने हो कि भन्ने चिन्ता धेरै केन्द्रीय सदस्यमा देखिन्छ। एमाले र माओवादी केन्द्र एकता भएर २०७५ जेठ ३ मा नेकपा बनेपछि उमेरहदको प्रावधान नै हटाइएको थियो।

२०७७ फागुन २३ मा सर्वाेच्च अदालतले नेकपा भंग गर्ने फैसला गरेपछि पूर्ववत अवस्थामा फर्र्किएको एमालेले उमेर हदको प्रावधान फेरि कार्यान्वयनमा नल्याउने चर्चा चले थियो।

२०७१ को नवौँ महाधिवेशनमा अध्यक्ष लगायत केन्द्रीय पदाधिकारीहरुका लागि एमालेले ७० वर्षे उमेरहदको प्रावधान राखेको थियो।

तर, दसौँ महाधिवेशनमा उमेर हदको प्रावधान नराख्ने हल्ला चलेपछि केन्द्रीय सदस्यहरुले त्यो व्यवस्था नहटाउन नेतृत्वलाई दबाब दिए।

एमालेले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट पास गरेर विधान सम्मेलनमा पेस गर्दैछ। पौडेल विधान संशोधन गर्न बनेको कार्यदलका संयोजक हुन्।

७० वर्षको उमेर हद लागू भए मंसिरमा हुने दसौँ महाधिवेशनमा उम्मेदवारी दिन अध्यक्ष केपी ओलीलाई बाधा नपर्ने तर्क एमाले नेताहरुको छ। ओली आगामी फागुनमा ७० लाग्दैछन्। महाधिवेशनका बेला ७० नटेकेकाले उनले एक कार्यकाल चलाउन पाउने उनीहरुको भनाइ छ।

एमालेले दसौँ महाधिवेशनमा ओलीलाई नै अध्यक्ष बनाउने छनक देखाएको छ। त्यसकै लागि उनी देशव्यापी दौडधुप गरिरहेका छन्।

यी नेताका लागि अन्तिम कार्यकाल
उमेरहद लागू भए नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, ईश्वर पोखरेल र भीम रावलको ११ औँ महाधिवशेनमा उठ्न पाउने छैनन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस