शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालविरुद्ध गोकुल बाँस्कोटाको आक्रोश
समाचार

माधव नेपालविरुद्ध गोकुल बाँस्कोटाको आक्रोश

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध एमाले नेता गोकुल बाँस्कोटाले आक्रोश व्यक्त गरेका छन्।

एमालेबाटै अलग भएर नयाँ पार्टी गठन गरेका अध्यक्ष नेपालले केही दिनयता एमालेको आलोचना गरिरहेका छन्। आगामी चुनावमा एमाले ‘पत्तासाफ हुने’, ‘टर्च बालेर खोज्नुपर्ने’जस्ता टिप्पणी नेपालले गरिरहेका छन्।

विज्ञापन

यसै क्रममा पूर्वमन्त्रीसमेत रहेका एमालेका केन्द्रीय सदस्य बाँस्कोटाले उनको नाम नलिईकन ‘एमालेविरुद्ध कुर्लिनेहरू’ भन्दै आक्रोश व्यक्त गरेका हुन्।

विज्ञापन

‘भ्यागुतालाई समुद्र मन पर्दैन, किनकि कुवा नै उसको समुद्र हो। त्यसैले उसलाई त्यहीँ रमाउन दिनुपर्छ’, आइतबार राति बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, र, मुसा मोटाएर क्विन्टल अनि हात्ती दुब्लाएर छटाक हुँदैन। एमालेकै दालभात खाएर आजतक जीवन चलाउँदै एमालेकै विरुद्ध कुर्लनेहरूले छिट्टै यो कुरा स्वीकार्न बाध्य हुनेछन्।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस