शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • पर्यटकीय केन्द्र सौराहामा पर्यटकको बढ्यो चहलपहल
Breaking News

पर्यटकीय केन्द्र सौराहामा पर्यटकको बढ्यो चहलपहल

चितवन ।  कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् ।

पर्यटकहरु बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायीहरु उत्साही छन् । दशैं, तिहार जस्ता नेपालीहरुका ठूला चाडपर्वहरु सुरु भएसँगै आन्तरिक पर्यटकहरुसमेत अझै बढ्ने विश्वास व्यवसायीहरुको छ ।

विज्ञापन

पर्यटकहरुको चहलपहल देखिएपछि लामो समयसम्म बन्द रहेका होटलहरुको सरसफाइ गर्ने, कामविहीन भएर विदामा पठाइएका कर्मचारीहरुलाई बोलाउने लगायतका काम थालिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार व्यवसायीहरुले होटल रंगरोगन, ब्यूटिफिकेशन, सरसफाइ जस्ता काम गरिरहेका छन् ।

विज्ञापन

लगातारजस्तो विदा पर्दा सौराहामा पर्यटकहरुको संख्या ह्वात्तै बढ्ने गरेको अध्यक्ष भट्टराईले बताए । ‘दशैं तिहार जस्ता ठूला पर्व आउँदैछन्, लामो विदा हुँदा आन्तरिक पर्यटकहरु आउन थालेका छन्,’ अध्यक्ष भट्टराईले भने, ‘पर्यटकहरु देख्दा आशावादी छौं ।’ सरकारले कर्मचारीहरुलाई दिने पर्यटकीय काज विदामा पर्यटकहरुलाई तान्ने कार्यक्रमहरुसमेत राख्ने सोच व्यवसायीले बनाएका छन् ।

सौराहामा फाट्टफुट्ट रुपमा विदेशी पर्यटक पनि आउन थालेका छन् । यसले सौराहामा पर्यटन व्यवसाय तंग्रिन थालेको सन्देशको रुपमा लिन सकिने व्यवसायी बताउँछन् । पछिल्लो महिना मात्रै एक सयभन्दा बढी विदेशी पर्यटक सौराहा आएको व्यवसायीहरुले जानकारी दिए । एक महिनायता सौराहामा अमेरिका, जर्मनी, युक्रेन, बेलायतलगायतका देशबाट पर्यटकहरु सौराहामा आएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस