शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीका कारण कम्युनिष्ट आन्दोलनमा क्षति पुग्यो- हितमान शाक्य
समाचार

केपी ओलीका कारण कम्युनिष्ट आन्दोलनमा क्षति पुग्यो- हितमान शाक्य

माओवादी केन्द्रका नेता हितमान शाक्यले केपी ओलीका कारण कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको आरोप लगाएका छन्।

शनिबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रको विद्यार्थी इन्चार्जसमेत रहेका शाक्यले नेकपा फुटका लागि ओलीको आत्मकेन्द्रित चिन्तन र तौर तरिका जिम्मेवार रहेको बताए।

विज्ञापन

कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङले आउँदो चुनावमा जनताले एमालेसँग बदला लिने दाबी गरे।

विज्ञापन

जनताले एमाले अध्यक्ष केपी ओलीले गरेको राजनीतिक अपराधको हिसाव गरेर बसेको उनले बताए।

उनले स्ववियु चुनावमासमेत विद्यार्थीले एमाले भातृ संगठन अनेरास्ववियुको ओैपचारिक बिदाई गर्ने जिकिर गरे।

कार्यकममा माओवादी (केन्द्र) का गण्डकी प्रदेश सांसद दिपक अधिकारी, नेता शैलेन्द्र घिमिरे अखिल (क्रान्तिकारी) उपाध्यक्ष विजय गौतम , उपमहासचिव जीपी मैनाली केद्रिय सचिव प्रबिना अधिकारी लगायतले सम्बोधन गरेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस