शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेस महाधिवेशनः भरतपुरको सभापतिमा पाँच जनाले गराए उम्मेद्वारी दर्ता
समाचार

कांग्रेस महाधिवेशनः भरतपुरको सभापतिमा पाँच जनाले गराए उम्मेद्वारी दर्ता

चितवन।

 

विज्ञापन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज चितवनका सात वटा स्थानीय तहमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

विज्ञापन

आज (शनिबार) मनोनयन पत्र दर्ता गर्दै निर्वाचन प्रक्रिया सुरु गरिएको हो । जसअन्तरगत भरतपुर महानगरपालिकाको सभापतिमा पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मतदान अधिकृत श्रीराम दवाडीका अनुसार वर्तमान सभापति भरत अधिकारी, हिरामणि अधिकारी, चित्रसेन अधिकारी, अर्जुन रिजाल र बचन कार्कीले उम्मेद्वारी दर्ता गराएका छन् ।

 

 

 

भरतपुरमा कुल १५२ पदमा निर्वाचि हुनेछन् । आज निर्वाचन प्रक्रिया सुरु भए पनि भोलि मात्रै मतदान हुने मतदान अधिकृत दवाडीले जानकारी दिए । भरतपुरमा कुल १४७० जना मतदाता रहेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस