शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • आउँदो चुनावमा एमालेलाई ‘पत्तासाफ’ पार्छौं : दिपेश पुन
समाचार

आउँदो चुनावमा एमालेलाई ‘पत्तासाफ’ पार्छौं : दिपेश पुन

काठमाडौं ।  नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले आगामी चुनावमा नेकपा एमालेलाई पत्तासाफ पार्नेगरी अगाडि बढ्ने बताए।

अखिल (क्रान्तिकारी) तनहुँको २२औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले अब राज्यसत्ताको नेतृत्व आफैँ गर्न आउँदो चुनावमा कांग्रेसलाई हाप र एमालेलाई पत्तासाफ पार्नेगरी अगाडि बढ्ने बताएका हुन्।

विज्ञापन

नेपालको परिवर्तन सबै माओवादीको एजेण्डामा भएको र चलेको तर राज्य सत्ता चलाउने विभिन्न ठाउँमा हिजोको परिवर्तनका एजेण्डा विरोधी बसेको बताउँदै पुनले आागमी चुनावमा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने दाबी गरेका छन्।

विज्ञापन

सम्मेलनमा बोल्दै उनले नेपालको संविधानमा मौलिकहकको रुपमा लेखिएको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी लागि शसक्त संघर्षको आवश्यकता रहेको औंल्याए।

सम्मेलनले मिलन महतको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी निर्माण गरेको छ। सम्मेलनबाट अध्यक्षमा मिलन महत, उपाध्यक्षमा नवराज विक, सुस्मिता केसी, विजय अछामी, आशिष बर्तौला, सचिवमा कमल गुरुङ, सहसचिवमा प्रमिला पाटा मगर, स्वस्तिका धिताल र कोषाध्यक्षमा सीता बराल निर्वाचित भएका छन्।

अखिल (क्रान्तिकारी)ले आउँदो ८, ९ , १० असोजमा काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस