शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माओवादीमा एक वर्षमै सदस्य संख्या ३० लाख पुर्‍याउने प्रस्ताव
समाचार

माओवादीमा एक वर्षमै सदस्य संख्या ३० लाख पुर्‍याउने प्रस्ताव

एमालेसँगको एकता भंग भएपछि संगठन विस्तारमा केन्द्रित भएको नेकपा माओवादी केन्द्रमा एक वर्षभित्र पार्टीको सदस्य संख्या ३० लाख पु¥याउने दाबी पेस भएको छ।

हाल माओवादीको सदस्य संख्या कति छ, यकिन विवरण छैन। एमालेसँग एकता हुँदा ३ लाख सदस्य संख्या रहेको मानिए पनि त्यसको समेत विवरण थिएन।

विज्ञापन

२०७४ को निर्वाचनमा माओवादी केन्द्रले समानुपातिकतर्फ १३ लाख मत पाएको थियो।

विज्ञापन

मत संख्याभन्दा सदस्य संख्या दोब्बर पार्ने दाबी बुधबार बसेको स्थायी समितिको बैठकमा अर्थमन्त्री समेत रहेका संगठन विभाग प्रमुख जनार्दन शर्माले गरेका थिए।

शर्माले संगठन विस्तारका लागि कार्यकर्तालाई उत्साहित बनाउन यस्तो दाबी पेश गर्नु एउटा पक्ष हो तर, माओवादीको अहिलेसम्मको संगठन संरचना हेर्दा ३० लाख सदस्य बनाउन कति संभव होला?

शर्माले दाबी गरेको आधा अर्थात् १५ लाख मात्रै सदस्य बनाउन सक्यो भने पनि पार्टी सदस्य संख्याको आधारमा माओवादी सबैभन्दा ठूलो पार्टी हुनेछ। एमाले र कांग्रेसको सदस्य संख्या अहिलेसम्म १० लाखभन्दा कम नै रहेको छ।

‘हाम्रो पार्टीको सदस्य संख्या ३० लाख बनाउनुपर्छ। म डेढ लाख नयाँ सदस्य बनाउन सक्छु,’ बैठकमा शर्माले सोधे, ‘प्रत्येक स्थायी समिति सदस्य डेढ लाख बनाउन तयार हुनुहुन्छ?’

स्थायी समितिदेखि केन्द्रीय सदस्य, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरु खटिँदा त्यो संख्या बनाउन कुनै समस्या नरहेको शर्माको दाबी थियो।

उनले प्रत्येक स्थायी समिति सदस्यले डेढ लाख कार्यकर्ता थप गर्दा वडासम्मको संगठन विस्तार हुने ‘योजना’ सुनाएको एक स्थायी समिति सदस्यले बताए।

‘यसो गर्दा हाम्रो वडामा मात्रै कम्तीमा २ सय सदस्य बन्छन्, त्यसैबाट संख्या विस्तार हुँदै जान्छ। यो नै आधिकारिक र बलियो पनि हुन्छ,’ बैठकमा शर्माको भनाइ उधृत गर्दै एक नेताले  सुनाए।

बिहीबार संगठन विभागको बैठक बसेको थियो। शर्मा प्रमुख रहेको संगठन विभागमा सातै प्रदेशका इन्चार्जसहित ११ सदस्य छन्।

राम्रोसँग व्यवस्थापन नहुँदा भएको संख्या पनि अस्तव्यस्त भएपछि ३० लाख सदस्य पु¥याउने प्रस्ताव लगेको संगठन विभाग प्रमुख शर्माले बताए।

‘मैले संगठन निर्माणमा तीव्रता दिन र सबै तहका नेताहरु एकैपटक परिचालित हुनेगरी ३० लाख सदस्य पु¥याउने अभियान सुरु गर्ने प्रस्ताव लगेको छु,’ शर्माले भने, ‘यसो गर्दा सबैको भागमा केही सदस्य बनाउनुपर्ने जिम्मेवारी थपिन्छ र त्यसले संगठन छिटो बन्छ।’

‘मेरो तर्फबाट भोलिदेखि नै यो अभियान सुरु गर्न तयार छु,’ शर्माले थपे।

प्रदेश १ का इन्चार्ज तथा संगठन विभाग सदस्य सुरेन्द्र कार्कीले बिहीबारको बैठकमा आक्रामक रुपमा संगठन विस्तारलाई तीव्रता दिइने विषयमा छलफल भएको बताए।

स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले अहिले भएको संख्या, विभिन्न पार्टीबाट प्रवेश गरेका संख्या, सबै प्रदेश, स्थानीय तहलाई सक्रिय बनाउँदा २० लाख सदस्य सजिलै थप गर्न सकिने दाबी गरे।

‘अहिले हाम्रो पार्टीमा साढे १४ लाख समर्थक छन्,’ खनालले नेपालखबरसँग भने, ‘विभिन्न पार्टीबाट हाम्रो पार्टीमा प्रवेश गरेका, सातै प्रदेश र स्थानीय तहमा अहिले भएका संख्या सक्रिय बनाउँदा २० लाख पु¥याउन गाह्रो छैन। बाँकी त त्यही संख्याले तान्न सकिन्छ भन्ने हो।’

उनले संगठन विभागको बैठकमा सबै तहबाट हिसाबकिताब गरेर त्यो संख्या निकालिएको र पार्टी कमिटीमा सर्कुलर पठाइएको जानकारी दिए।

संगठन विभागले बनाएको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि पेस गरिएको छ।

शुक्रबार अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमै पुगेर शर्माले पार्टीका सबै नेताहरु क्रियाशील हुनेगरी सदस्य संख्यामा व्यापक वृद्धि गर्न सकिने प्रस्तावबारे ब्रिफिङ गरेका हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस