शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘परिवर्तनका एजेण्डा माओवादीको, सत्तामा हालीमुहाली अरु दलको’
समाचार

‘परिवर्तनका एजेण्डा माओवादीको, सत्तामा हालीमुहाली अरु दलको’

अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले नेपालमा परिवर्तनका सबै एजेण्डा माओवादीको भएको तर राज्य सत्ता चलाउने ठाउँमा परिवर्तन विरोधीहरु रहेको बताएका छन्।

अखिल (क्रान्तिकारी) कृषि तथा वनविज्ञान विश्वविद्यालय राष्ट्रिय समितिको प्रथम सम्मेलन उद्घाटन गर्दै उनले हिजोको माओवादीको परिवर्तनकारी एजेण्डा विरोधी कांग्रेस एमालेले सत्ता चलाएको बताए।

विज्ञापन

अब राज्यसत्ताको नेतृत्व पनि आफैँ गर्न आउँदो चुनावमा कांग्रेसलाई लुलो, एमालेलाई धुलो र माओवादी केन्द्रलाई सबैभन्दा ठूलो पार्नेगरी अखिल (क्रान्तिकारी)अगाडि बढ्ने उनले उद्घोष गरे।

विज्ञापन

पुनले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्रको व्यवस्था आए पनि देश र जनताको आधारभूत जीवनमा परिवर्तन आउन बाँकी नै भएकोले अब देश र जनताको अवस्था बदल्ने चुनौती पनि माओवादीको काँधमा आएको बताए।

सम्मेलनले अनिश शाक्यको अध्यक्षतामा २७ सदस्यीय नयाँ राष्ट्रिय समिति निर्माण गरेको छ।

अखिल (क्रान्तिकारी)ले आउँदो असोज १४, १५ र १६ गते काठमाडौंमा २२ औं राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस