On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ २६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कृष्णभक्त पोखरेल ओली गुटमा प्रवेशसँगै एमाले चितवनमा भाँडभैलो
समाचार

कृष्णभक्त पोखरेल ओली गुटमा प्रवेशसँगै एमाले चितवनमा भाँडभैलो

चितवन ।

 

नेकपा एमाले चितवनमा जेठ २ र १० बुँदेको विषयले नेताहरु दुई समुहमा धुर्वीकरण भएका छन् । केपी ओली सरकारले गरेको पहिलो संसद विघटनसँगै जिल्लामा नेकपामा दुई समुह देखिएका थिए । विघटनको पक्षमा जिल्लाको नेतृत्व राष्ट्रिय सभा सदस्य पार्वती रावलले गरेकी थिइन् भने विघटनको विपक्षको नेतृत्व कानुन समितिका सभापति सासंद कृष्णभक्त पोखरेलले गरेका थिए ।

विज्ञापन

माधव नेपाल र प्रचण्डको जोडबलमा संसदीय समितिका सभापति भएका पोखरेल केपी ओलीको विघटनका विरुद्धमा रेट निवेदक समेत थिए । सर्वोच्च अदालतले विघटन बदर गरिदिएपछि आफू प्रचण्डको पहलमा कानुन मन्त्री बन्ने समेत जिल्लाका नेताहरुलाई बताउने गरेका थिए । पोखरेलको सो सपना पुरा भने हुन सकेन ।

र्सोच्चले विघटन बदर गरेसँगै अदालतकै अर्को फैसलाले नेकपा विभाजन गरिदियो जसले गर्दा केपी ओली फेरि शक्तिमा आएका थिए ।
विघटनको समयमा ओली समुहको निकै कमजोर मानिने चितवन जिल्लामा ओलीको मोर्चा पार्वती रावल र माओवादी नेता शैलेष खनाल अध्यक्ष र सचिवका रुपमा सम्हाली दिएका थिए । जिल्लामा नेताहरु समेटन रावलले ६०१ सदस्यीय ठुलो जिल्ला कमिटी बनाएर जिल्ला संचालन गरेकी थिईन । चितवनका तीन क्षेत्रका संसद प्रचण्ड, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलको मोर्चासँग रावलको कमिटीले संघर्ष गरेर नै जिल्लामा स्थापित भएको थियो।

नेकपाको औपचारिक विभाजनपछिको एमाले संसदीय दलको बैठकमा गल्ती भयो माफ पाउँ भन्दै पोखरेल नेकपा एमालेमा फर्किएका थिए । जिल्लाका प्रभावशाली नेता पोखरेलको ओली समुहमा प्रवेश गरेकाले ओली समुहका धेरै नेता कार्यकर्ता खुसी भएका थिए । तर, पोखरेलको ओली समुह प्रवेशलाई एमालेको पार्वती रावल समुहले सुरुदेखि नै संशयपुर्ण तरिकाले हेरेको थियो ।

ओली समुहभित्र पनि जिल्लामा पार्वती रावलको समुह र जग्गनाथ थपलिया समर्थित छुटाछुटै समुह रहेका छन् । पोखेरल नेकपा एकिकरण अघिको एमाले जिल्ला अघ्यक्ष भएपनि आफुलाई अध्यक्ष पद नचाहिने र रावललाई अध्यक्षका रुपमा विना शर्त स्वीकार्ने बताएका थिए । एमाले चितवनमा गुटको राजनीति सुरु गर्ने पोखरेलले अब ओली समुहभित्र गुट नगर्ने र आफु यही समुहमा बिलय हुने पनि कबुल गरेका थिए ।

नेकपा एमालेको औपचारिक विभाजनपछि नेकपा एकिकृत समाजवादी बनेको थियो । तर १० बुँदेको सहमति र पार्टी एकताको नाममा माधव नेपाल समुह कार्यदलका नेताहरु एमालेमा नै रहने निर्णय गरेका थिए । जेठ २ र १० बुँदेको शर्त फेरी जागेर आएपछि चितवन जिल्लामा पनि एमाले नेतृत्वको लागि विवाद सुरु भयो । पार्वती रावललाई अध्यक्ष स्वीकारेर आएका कृष्णभक्त पोखरेलले ओली समुहकै नेता जगन्नाथ थपलियाको जोडबलमा फेरि जिल्ला अध्यक्षको दाबी गर्न थालेका छन् ।

नेकपा एमालेको नवौ जिल्ला अधिवेशनमा पोखरेलले थपलियालाई अध्यक्षमा हराएका थिए । नेपाल समुहबाट अध्यक्ष जितेका पोखरेल थपलियाको सम्धी दावा लामालाई प्रदेश सांसद र श्रीमती सुनिता थपलियालाई उपमेयरको टिकेट सिफारीस गरेर सम्बन्ध सुधार गरेका थिए । कृष्णभक्त पोखरेलले थपलियासँगको उक्त सम्बन्ध प्रयोग गरेर नै ओली समुहमा सजिलै प्रवेश पाएका थिए ।

रावल समुहका एक जिल्ला नेताका अनुसार पोख्रेल हाल जगन्नाथ थपलियाको सोझोपनको फाइदा उठाएर एमालेमा आफ्नो वर्चस्व बनाउने योजनामा रहेको बताए ।
उनका अनुसार ओली समुहभित्र खेलेर फेरि अध्यक्ष बन्न पोखरेलले धेरै नेताहरुलाई विभिन्न् आश्वासन बढेका छन् । आफू केही महिना अध्यक्ष बन्ने र अधिवेशनबाट एमाले नेता राम न्यौपानेलाई अध्यक्ष बनाउने आश्वासन दिएका छन् । पोखरेलको उक्त आश्वासनमा परी जगन्नाथ थपलिया र राम न्यौपाने समर्थित पुरै समूह पोखरेललाई अध्यक्ष बनाउन लागेको छ ।

नेकपा एमाले चितवनको यही विवादमा कारणले भदौँ २८ गतेको जिल्ला कमिटी बैठक असोज ५ को लागि सारिएको थियो तर असोज ५ मा पनि बैठक बस्न सकेन ।

यही बीचमा पोखरेलले भने रावलसँग सल्लाह नै नगरी जेठ २ को बैठक असोज ५ गते राखेका थिए । तर, उक्त बैठकमा सामान्य कोरम पनि नपुगेपछि बैठकमा फोटो खिच्ने मात्रै भएको एक सहभागी नेताले बताए ।
रावल समुहका एक विद्यार्थी नेताका अनुसार हिजो केपी ओलीलाई प्रतिगामी भनेर अदालतमा रिट दिने र सडकमा नारा लगाउनेहरुलाई जिल्लामा अध्यक्ष कुनै पनि हालतमा मान्न नसकिने बताए ।
रावल र पोखरेलको यो झगडाको मिचाइमा एमाले नेता तथा जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्का परेका छन् ।

एकिकृत समाजवादीको जिल्ला अध्यक्ष म हुँ भन्दै एकिकृत समाजवादीका वडा कमिटिका नेताहरुलाइ सपथ खुवाउदै हिडेका खड्का एमालेमा जिल्ला अध्यक्ष पाउने आश्वासनपछि यही भाद्र २५ गते एमाले प्रवेश गरेका थिए । रावल र पोखरेल दुवैले अध्यक्षमा आ(आफ्नो दावी गरेपछि खड्का एमालेमा अलपत्र परेका छन् ।

तेजेन्द्र खड्कालाई एमालेमा आउन अनुरोध गरेका नेता पोखरेलले नै खड्कालाई कुनै पद दिनु हुदैन भनि लबिङ गरेकाले खड्का हाल रावल समुहसँग नजिक रहेको बताइएको छ ।
पोखरेल थपलिया समुहको बढ्दो शक्तिका बीच पनि केन्द्रबाट नै निर्णय गराएर भएपनि पार्वती रावल र शैलेश खनाल नै अध्यक्ष र सचिव बन्ने स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
Breaking News
वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्त्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए। गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री […]

  • २ महिना अगाडि

भर्खरै

सिफारिस