शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • गाउँ गाउँमा गएर भन्नुहोला, केपी ओली हरुवा हो : प्रचण्ड
समाचार

गाउँ गाउँमा गएर भन्नुहोला, केपी ओली हरुवा हो : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले नेपालको इतिहासमा महान् नेता बन्ने अवसर गुमाएको बताएका छन्। माओवादी केन्द्र निकट युवा संगठन योंग कम्युनिष्ट लिग (वाईसीएल)को पाँच खाल नगर सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन्। आफूले केपी ओलीजस्तो बुद्धि नभएको नेता कोही नदेखेको प्रचण्डको टिप्पणी थियो।

उनले भने, ‘केपी जति बुद्धि नभएको नेता मैले कोही पनि देख्या छैन। यति ठूलो उनलाई अवसर थियो। चुप लागेर एकताको बेलामा जे सहमति भएको थियो, समझदारी भएको थियो, त्यो पालना गरेको भए केपी ओलीलाई नेपालको इतिहासमा एउटा महान् नेता हुने अवसर थियो। तर गिदीभित्र गोबर भरिएपछि केही लागेन।’

विज्ञापन

मार्क्सवादी र समाजवादी आन्दोलन अघि बढाउन माओवादी केन्द्र र एमालेबीच एकता भएको विषय स्मरण गराउँदै प्रचण्डले केपी ओली त्यस बाटोबाट भागेको टिप्पणी गरे। यस अर्थमा केपी ओली हरुवा भएको पनि उनको दाबी छ। उनले ओलीको मार्क्सवाद विरोधी, समाजवाद विरोधी, जनविरोधी र राष्ट्र विरोधी चरित्रलाई उदांगो पारेको पनि बताए।

विज्ञापन

‘गम्भीरताको साथ, आत्मविश्वासका साथ, आक्रामक ढंगले गाउँ गाउँमा गएर भन्नुहोला। केपी हरुवा हुन्, भगौडा हुन्, कम्युनिष्ट आन्दोलनबाट भागे, मार्क्सवादबाट भागे, समाजवादी बाटोबाट भागे,’ उनले भने, ‘हामीले उनलाई मार्क्सवाद विरोधी, समाजवाद विरोधी, जनविरोधी र राष्ट्र विरोधी चरित्रलाई उदांगो पारेर दुई तिहाइ बहुमतसहित पार्टी सदस्यताबाट निष्कासित गरेको हो। त्यस कारण हामी विजेता हौं। उनी हरुवा हुन् भन्ने कुरा दिमागमा राख्नु होला।’

प्रचण्डले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरूलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरे। उनले भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ। अहिले कहाँ हेर्नुस् त… त्यो बादल हिजोको साथी। अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ ! तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि ! हेर्नुस्। जो जति माथि आएको छ। त्यो त्यति बिग्रिएको छ। बुझ्नु होला।’ तत्कालीन नेकपा पुरानै अवस्थामा फर्किएपछि थापा समूह एमालेमा लागेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस