शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नारायणगढ-बुटवल सडकखण्डः राजमार्गमा परेका खाल्डाखुल्डी पुर्न कालोपत्रे गर्न सुरु
समाचार

नारायणगढ-बुटवल सडकखण्डः राजमार्गमा परेका खाल्डाखुल्डी पुर्न कालोपत्रे गर्न सुरु

नवलपुर।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएको छ । राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको हो । यसअघि राजमार्गमा परेका खाडलमा ग्राभेल गरेर पुर्ने गरिएकोमा अहिले कालोपत्र गरेर मर्मत थालिएको हो ।

विज्ञापन

 

विज्ञापन

नारायणगढ–बुटवल सडक खण्ड विस्तार सुरु भएयता झन्डै दुई वर्षदेखि राजमार्ग मर्मत गरिएको थिएन । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले मर्मत नगर्ने र सडक विभागले ठेक्का लागि सकेको सडक भनेर बेवास्ता गर्दा राजमार्ग जीर्ण बनेको थियो ।

 

 

 

 

अहिले राजमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले कालोपत्रसहित मर्मत सुरु गरेको नारायणगढ बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो । दशैँसम्ममा नवलपुर खण्डमा जीर्ण रहेको सडक मर्मत गरिसक्ने निर्माण कम्पनीले जनाएको आचार्यले बताउनुभयो । डाइभर्सन निर्माण गरिएका क्षेत्रबाहेक नवलपुरको दाउन्नेलगायतका क्षेत्रमा कालोपत्रसहित मर्मत गर्ने सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले जनाएको इन्जिनियर आचार्यको भनाइ छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस