On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले फुटाउने र सरकार ढाल्ने मध्यमार्गी नेताहरू नै हुन् : ओली
समाचार

एमाले फुटाउने र सरकार ढाल्ने मध्यमार्गी नेताहरू नै हुन् : ओली

काठमाडौं ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको साथ छाडेर एमालेमै बसेका मध्यमार्गी नेताहरू नै एमालेको सरकार ढाल्न र एमाले फुटाउने मुख्य योजनाकार भएको बताएका छन् । पार्टी विभाजन हुँदा माधव नेपाललाई छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुमाथि उनले यस्तो आरोप लगाएका हुन् ।

विज्ञापन

 

विज्ञापन

यसअघि पनि विभिन्न कार्यक्रमहरूमा अध्यक्ष ओलीले मध्यमार्गी नेताहरू नै दोषी रहेको बताउँदै आएका थिए । कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनमा पनि मध्यमार्गी नेताहरूलाई जिम्मेवारी नदिएका ओलीले उनीहरू नै मुख्य दोषी रहेको बताएका छन्। उनको यो आरोपले एमालेमा थप समस्या निम्तिने संकेत देखिएको छ ।

 

आगामी विधान महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले १० बुँदे सहमति गरेर अहिले पार्टी एकताको पक्षमा उभिनेहरु नै पार्टीको नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न भएको आरोप लगाएका हुन्। आफ्नो सरकार विस्थापित गर्ने योजनाकार र पुष्पकमल दाहालका सारथी बनेर काम गरेको आरोप ओलीको छ।

 

‘विभाजनका योजनाकार नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए’, एमालेको जारी स्थायी कमिटी बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘यिनीहरू नै २०७२–७३ मा सञ्चालित नेकपा (एमाले) नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार थिए र नेकपालाई सके कब्जा नभएर विभाजित गर्ने पुष्पकमल दाहालको अभियानका सारथी पनि।’

 

ओलीले एमाले नेतृत्वको सरकार हुँदा माधव नेपालको साथमा रहेका नेताहरु नै प्रदेशमा एमाले सरकारलाई विफल पार्न र पार्टीका उम्मेदवारहरूलाई पराजित गर्न सक्रिय भएको आरोप लगाएका छन्। प्रतिवेदनमा भनिएको छ, ‘एमाले नेतृत्वको सरकारलाई जुनसुकै मूल्यमा अपदस्थ गर्न, प्रदेशहरूमा एमाले सरकार विफल पार्न, पार्टीका उम्मेदवारलाई पराजित गर्न र आन्दोलनलाई विपक्षीहरूको सेवामा समर्पित गर्न यी व्यक्तिहरूबाट भएका गतिविधि सार्वजनिक नै छन्।’ प्रतिवेदन आइतबारको बैठकमा पेस भएको थियो। प्रतिवेदनमा सोमबारको बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिए।

 

उनले १० बुँदे सहमति गरेर एमालेमा बसेकाहरुलाई फेरि पनि विश्वास गर्न सकिने अवस्था नरहेको पनि संकेत गरेका छन्। १० बुँदे सहमति गर्नेहरुमा माधवकुमार नेपाल निकट रहेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए। ओलीको कार्यशैलीको चर्को विरोध गर्दै आएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिव भीम आचार्य र योगेश भट्टराई सोही १० बुँदे सहमतिका आधारमा पार्टी एक भएको भन्दै एमालेमै छन्।

 

यस्तै ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमार्फत नेकपा एकीकृत समाजवादीको जन्मिनु पछाडि कुनै सैद्धान्तिक, राजनीतिक र नीतिगत कारण, आधार वा औचित्य नभएको पनि दाबी गरेका छन्।

 

‘यो त राष्ट्रियताको पहरेदार, लोकतन्त्रको आधारस्तम्भ र सामाजिक–आर्थिक रूपान्तरणको संवाहकका रूपमा रहेको एमालेलाई जसरी पनि विभाजित गरी छाड्ने बृहत् योजनाको एउटा अंगका रूपमा घटित घटना हो’, उनले भनेका छन्।

 

एमाले विभाजन भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ। ओलीले एमाले विभाजन गर्न वैधता दिने काम अदालत, निर्वाचन आयोग र सभामुखको सहयोगी भूमिका भएको आरोप लगाएका छन्।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस