शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अमेरिका जान भनेर काठमाडौंबाट उडेका ६० नेपाली जर्मनीमा परे प’क्राउ
समाचार

अमेरिका जान भनेर काठमाडौंबाट उडेका ६० नेपाली जर्मनीमा परे प’क्राउ

काठमाडौंबाट अमेरिका जाने उद्देश्यले जर्मनी पुगेका ६० जना नेपाली त्यहाँको फ्र्यांकफर्ट विमानस्थलमा प’क्राउ परेका छन्।

दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने दाउमा रहेका उनीहरूलाई कागजात नक्कली देखिएपछि फ्र्यांकफर्ट विमानस्थलको अध्यागमन विभागले समातेको हो।

विज्ञापन

तीमध्ये मेक्सिको पुगिसकेका तर त्यहाँको प्रहरीले पहिले हवाईजहाज चढेको विमानस्थल फ्र्यांकफर्ट नै फर्काइदिएका र केही भर्खर मेक्सिको उड्ने तयारीमा रहेकाहरू छन्।

विज्ञापन

मेक्सिकोबाट फर्काइएकाहरूलाई मस्को नै फिर्ता पठाउने तयारी जर्मनीको प्रहरीले गरेको जर्मनीस्थित नेपाली राजदूतावासले जनाएको छ। फ्र्यांकफर्ट विमानस्थलमा समा’तिएकामध्ये एक नेपालीले बताएअनसार आफूहरू एक हप्तादेखि नियन्त्रणमा परेको बताएका छन्।

एक जना पीडितका अनुसार त्यहाँ अलपत्र नेपालीमध्ये धेरैजसोलाई एक जना दलालले अमेरिका पठाउने भन्दै दुई साताअघि काठमाडौंबाट दुबई (यूएई) पठाएका थिए। त्यहाँबाट त्यहीँका विदेशी दलालले उनीहरूलाई मस्को पठाइदिएका थिए। त्यहाँबाट उनीहरू आफ्नै खर्चमा मेक्सिको पुगेका थिए।

त्यसपछि सबैको ट्रान्जिट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल परेपछि उनीहरू अमेरिका छिर्न भनेर फ्र्यांकफर्ट पुग्दा जाँचका क्रममा कसैका कागजात नपुगेको तथा कसैका नक्कली भएकाले पक्राउ परेको बताइएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस