शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अहिलेको पदकको आलोचना गर्दा मदन भण्डारीको अपमान नगरौं : शंकर पोखरेल
समाचार

अहिलेको पदकको आलोचना गर्दा मदन भण्डारीको अपमान नगरौं : शंकर पोखरेल

अहिलेको पदकको आलोचना गर्ने नाममा राज्यले जननेता मदन भण्डारीलाई दिएको सम्मानविरुद्ध कुप्रचार गरिएको भन्दै नेकपा एमाले नेता शंकर पोखरेलले असन्तुष्टि जनाएका छन्।

अहिलेको पदकको आलोचना भएपछि जननेता मदन भण्डारीलाई राज्यले दिएको पदक तथा सम्मानलाई उनका छोरीहरूले ग्रहण गरेको फोटो राखेर कुप्रचार गरिएको नेता पोखरेलले बताएका छन्।

विज्ञापन

नेपालमा पदक वितरण मर्यादित नभएको कुरा साँचो भएको तर जननेता मदन भण्डारीजस्तो नेतालाई राज्यले दिएको सम्मानलाई राष्ट्रपतिका छोरीहरूलाई दिएको सम्मान भनेर अन्यथा चित्रण नगर्न उनको आग्रह छ।

विज्ञापन

पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता पोखरलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँ कमजोरी छ त्यही केन्द्रीत भएर आलोचना गरौं।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस