शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीलाई रामकुमारी झाँक्रीको प्रश्नः हाम्रो बाटो किन छेकिराख्नुभएको छ?
समाचार

केपी ओलीलाई रामकुमारी झाँक्रीको प्रश्नः हाम्रो बाटो किन छेकिराख्नुभएको छ?

नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले नेकपा एमाले पार्टी भत्किने दाबी गरेकी छन्।

शनिबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केपी शर्मा ओली सच्चिने कुनै सम्भावना नरहेको टिप्पणी गर्दै संघीय संसद् र प्रदेशसभा दुवै निर्वाचनमा एमाले भत्किएर जाने दाबी गरेकी हुन्।

विज्ञापन

नेता झाँक्रीले एमालेलाई ओली कम्पनीको संज्ञा दिँदै अबको सात महिनासम्म सुस्त गतिमा एमाले भत्किने दाबी गरिन्।

विज्ञापन

संघ र प्रदेशको निर्वाचनको प्रक्रिया सुरु भएपछि सामान्य विद्रोह नभई पहिरो जाने झाँक्रीले जिकिर गरिन्।

दुईदुईपटक संसद् विघटन गर्नेजस्तो गैरजिम्मेवार, असंवैधानिक र अपराध गर्ने काम ओलीले गरेको आरोप नेता झाँक्रीले लगाइन्।

उनले संविधानको रक्षा तथा लोकतन्त्रलाई प्रवर्द्धन गर्दै संसदलाई पूर्ण कार्यकाल सञ्चालन गर्नका निम्ति आफूहरूले विद्रोह गरेको बताइन्।

उनले प्रश्न गर्दै भनिन्, ‘यदि केपी ओलीलाई हामीबाट धक्का लागेको छैन भने हाम्रो बाटो किन छेकिराख्नुभएको छ?’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस