शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीलाई प’क्राउ गरी अदालतमा उपस्थित गराउन माग
समाचार

प्रधानमन्त्री ओलीलाई प’क्राउ गरी अदालतमा उपस्थित गराउन माग

काठमाडौं। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहसका कागी पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अबहेलना गरेको बताएका छन् ।

उनले अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई तत्काल पुर्जी काटेर प’क्राउ गरी सर्वोच्च अदालतमा उपस्थित गराउनु पर्ने बताएका छन् ।

विज्ञापन

बिहीबार संसद विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट बहसगर्दै अधिवक्ता त्रिपाठीले अदालतको अवहेलना मु’द्दामा प्रधानमन्त्रीलाई पुर्जी काटेर प’क्राउ गरी अदालतमा उपस्थित गराउनु पर्ने बताएका हुन् ।

विज्ञापन

उनले पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रतिनिधिसभा विघटन गरेर अदालतको अवहेलना गरेको बताएका छन् ।

अधिवक्ता त्रिपाठीले भने, ‘११ फागुनको फैसलाको पूर्णपाठ नआउँदै फेरि विघटन गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरे । त्यसैले संसद् विघटन नभएको मानेर कामकारबाही सुरू गर्ने आदेश दिनुपर्छ ।’

अधिवक्ता त्रिपाठीले विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा रेकमेण्ड हुन्छ भन्ने प्रश्न पनि गरे । ‘विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा रेकमेण्ड हुन्छ ?’

उनले भने, ‘पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानुनी मान्यता पाउन सक्दैन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस