शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना नियन्त्रणमा खटिएका चितवनका सुरक्षाकर्मीलाई पानी र खाद्य सामाग्री सहयोग
समाचार

कोरोना नियन्त्रणमा खटिएका चितवनका सुरक्षाकर्मीलाई पानी र खाद्य सामाग्री सहयोग

चितवन ।कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि जिल्लामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई पानी र खाद्य सामाग्री सहयोग गरिएको छ । नारायणगढका व्यवसायी उमाशंकर अग्रवालले आफ्नो परिवारको तर्फबाट सुरक्षाकर्मीलाई पानी र खाद्य सामाग्री सहयोग गर्नुभएको हो ।
। उहाँले भन्नुभयो,“कोभिड नियन्त्रणमा प्रहरीको महत्वपूर्ण भूमिका छ,थोरै भएपनि सहज होस भनेर हामीले सहयोग गरेका हौं ।” उहाँले विपदको समयमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवन,इलाका प्रहरी कार्यालय नारायणगढ,जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र शशस्त्र प्रहरी आँपटारीलाई छुट्टाछुट्टै सामाग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा सुरक्षाकर्मीले विपतको समयमा सहयोग गरेको भन्दै अग्रवाल परिवारलाई धन्यबाद ज्ञापन गरेका थिए । अग्रवाल परिवारका तर्फबाट २५० कार्टुन पानी, १२५ कार्टुन चाउचाउ,३० कार्टुन विस्कुट, चिप्स, कुरकुरे लगायतका सामाग्री सहयोग गरिएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस